देवदह।देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले तिहारको मौलिकताको रक्षा र नेपाली संस्कृतिको जगेर्ना होस् भन्ने हेतुले रेकर्डेड गीतहरुमा देउसीभैलो खेल्न रोक लगाएको बताउनु भएको छ।
साउण्ड सिस्टममा लोक संस्कृति जगेर्ना गर्ने खालका नेपाली गितहरु बजाएर देउसी खेल्न नगरपालिकाले कुनै अबरोध नगरेको समेत नगर प्रमुख खत्रीले बताउनुभयो।
देउसीभैलो खेल्ने नाममा पश्चिमा संस्कृति हावी भएको र त्यसले गर्दा नेपाली लोक संस्कृति लोप हुन सक्ने खतरा भएका कारण नेपाली बाजाहरु बजाएर,मौखिक रुपमा देउसी खेल्नु पर्ने धारणा राख्दै नगर प्रमुख खत्रीले राष्ट्रियता सवालमा बाहिर ठुला कुरा गर्ने राष्ट्रिय गान चाहिं मौखिक रुपमा भन्न नसक्ने,रेकर्डेडनै चाहिने प्रवृति रहेको र तिहारको मौलिकता लोप नहोस भन्ने हेतुलेनै नगरपालिकाले साउण्ड सिस्टममा देउसी खेल्न रोक लगाएको बताउनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij