मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देउसी खेलिरहेको बेला बसले ठक्कर दियो : दुईको मृत्यु,पाँचजना घाइते

देउसी खेलिरहेको बेला बसले ठक्कर दियो : दुईको मृत्यु,पाँचजना घाइते

images
  • 750
    SHARES

  • images
    images
    images
    देउसी खेलिरहेको बेला बसले ठक्कर दियो : दुईको मृत्यु,पाँचजना घाइते
    images
    images
    images

    हेटौंडा। पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा देउसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। अन्य पाँचजना घाइते भएको प्रहरीले जनाएको छ।

    हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले अनियन्त्रित भएर शनिबार राति ११ बजे देउसी खेलिरहेकाहरूलाई ठक्कर दिँदा हेटौंडा–१५ का करिब २० वर्षीय सुजन विष्ट र चितवन घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंह घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए।

    images
    images
    images

    घाइते हुनेमा हेटौंडा–१९ का १६ वर्षीय संगम नेपाली, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया तुलशा विष्ट, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी रहेका छन्। घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने बाँकीको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, कार्तिक २१ २०७८१२:१३:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij