मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

तीन हजार बोरा आलुको बीउ चिस्यान केन्द्रमै कुहियो

तीन हजार बोरा आलुको बीउ चिस्यान केन्द्रमै कुहियो

images
  • 349
    SHARES

  • images
    images
    images
    तीन हजार बोरा आलुको बीउ चिस्यान केन्द्रमै कुहियो
    images
    images
    images


    झापा । दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् ।

    कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्डस्टोरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए । जिल्लाका विभिन्न पालिकाका किसानले सहकारी संस्थामार्फत चिस्यान केन्द्रमा पैसा तिरेर आलुको बीउ भण्डारण गरेका थिए ।

    images
    images
    images

    “किसानले बीउका लागि भनेर राखेको आलु नै कुहिएपछि उनीहरुमा चिन्ता थपिनु स्वाभाविक हो”, उनले भने, “ठूलो मारमा किसान पर्नुभयो । सरोकारवाला निकाय र बीमा कम्पनीसँग समन्वय गरेर तत्काल राहत दिलाउन पहल गरिरहेका छौँ ।” उनका अनुसार चिस्यान केन्द्रमा विभिन्न सहकारीमार्फत किसानले उत्पादन गरेका १० हजार ७६० बोेरा आलुको बीउ भण्डार गरिएको थियो ।

    उनले भण्डारण गरिएको सबै आलुका बोरा र चिस्यान केन्द्रको सम्पूर्ण सम्पत्तिको अजोड इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको बताए । बीमा कम्पनीलाई तत्काल राहत उपलब्ध गराएर बीउ आलु खरिदका लागि किसानलाई सहजीकरण गरिदिन आग्रह गरिरहेको उनले जानकारी दिए ।

    रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसानले सहकारीमार्फत चिस्यान केन्द्रमा प्रतिबोरा रु ४४५ तिरेर बीउ आलु राख्दै आएका थिए । बीउ आलु नै कुहिएपछि स्थानीय किसान समस्यामा परेका छन् । उनीहरुले चिस्यान केन्द्रमा कुप्री सिन्दुरे, लाकर, लाल गुलाव, सुलभ रातो, डेजिरेलगायत जातका बीउ आलु राखेका थिए ।

    कमल गाउँपालिकाका किसान इन्द्र दाहालले आलु रोप्नका लागि माटो तयार गरेर बीउ आलुको बोरा घरमा ल्याएर खोल्दा ९० प्रतिशत कुहिएको फेला पारेको बताए । “घरमा कुहिन्छ भनेर पैसा तिरितिरी चिस्यान केन्द्रमा आलु राखेका थियौँ”, उनले भने, “रोप्न भनेर केन्द्रबाट आलु घरमा ल्याएर हेर्दा सबै कुहिएको पाइयो । अब के रोप्ने ?”

    कमल गाउँपालिकाबाट आइपिएम कृषि सहकारी संस्थामार्फत १८० किसानको ८०० बोरा आलुको बीउ चिस्यान केन्द्रमा राखिएको थियो । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले पालिकालाई आलु पकेट क्षेत्रका रुपमा विकास गरेर किसानलाई आलुखेतीमा प्रोत्साहन गर्न लगानीसमेत गरेको छ ।

    आलु रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसान आफैँले आवश्यकताअनुसारको बीउ कोल्डस्टोरमा भण्डारण गर्दै आएका थिए । बीउ आलु कुहिएका बारेमा कोल्डस्टोरले जानकारी नगराएको र घरमा ल्याएर हेर्दा सबै कुहिएको पाइएको उनको भनाइ छ । चिन्तित मुद्रामा भेटिएका दाहालले संरक्षणका लागि कोल्डस्टोरमा पैसा तिरेर राखिएको हुँदा अब यसको क्षतिपूर्ति उनीहरुले भर्नुपर्ने माग गरे ।

    चिस्यान केन्द्रका प्रबन्ध निर्देशक अधिकारीले कमल गाउँपालिकाको आइपिएम कृषि सहकारी संस्था, गौरादहको महारानीझोडा साना किसान सहकारी, दमक नगरपालिकाको मानसरोवार कृषि सहकारी, मोरङको पथरी कृषि सहकारीमार्फत किसानको बीउ आलु भण्डारण गरिएको जानकारी दिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, कार्तिक २१ २०७८०७:२७:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij