एजेन्सी। अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ले बक्स अफिसमा सफलताको झण्डा फहराइरहेको छ । ‘सूर्यवंशी’ रोहित शेट्टीको कप युनिभर्सको यो चौथो फिल्म हो, जसले दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।
दर्शकमाझ रिलिजमा आएको तीन दिनमा नै ‘सूर्यवंशी’ले ७७ करोड भन्दा बढीको बक्स अफिस कलेक्शन गरिसकेको छ । योसँगै बलिउड फिल्म उद्योगमा पुनः पुरानो आकर्षण फर्किएको छ ।
चौथो दिनमा सय करोड नाघ्छ!
‘सूर्यवंशी’को तीन दिनको कमाई अनुसार चौथो दिन सय करोडको आँकडा पार गर्ने आँकलन गरिएको छ । कोरोना महामारीका कारण थिएटरहरू बन्द थिए र खोल्दा पनि मानिसहरू थिएटर जान हिचकिचाउँदै आएका थिए ।
त्यसपछि परिवर्तन भयो थिएटरको रूप
‘सूर्यवंशी’ दर्शकमाझ रिलिज भएपछि हलहरुको रुप फेरिएको छ । सिनेमा हलमा फेरि भीडभाड देखिएको छ, भने फेरि उस्तै चहलपहल देखिएको छ । ‘सूर्यवंशी’को ब्यापारको कुरा गर्नुपर्दा गर्दा भारतमा मात्र पहिलो दिन २६.३८ करोडको व्यापार गरेको थियो । दोस्रो दिन २४.५३ करोड कमाएको थियो ।
त्यस्तै ओभरसिजमा ‘सूर्यवंशी’ ले पहिलो दिन ८.१० करोड र दोस्रो दिन ८.५८ करोड कमाएको थियो । वल्र्डवाइट ग्रस फिल्मले ७७.२४ करोड कमाइसकेको छ । फिल्ममा अक्षय कुमार र अभिनेत्री क्याट्रिना कैफ मुख्य भूमिकामा छन् । रोहित शेट्टीले निर्देशन गरेको यस फिल्ममा रणवीर सिंह र अजय देवगन पनि अथिति भूमिकामा देखिएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij