मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुटवलको नयाँगाउँमा भीषण आगलागी

बुटवलको नयाँगाउँमा भीषण आगलागी

images
  • 240
    SHARES

  • images
    images
    images
    बुटवलको  नयाँगाउँमा भीषण आगलागी
    images
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँमा रहेको एक घरमा आगलागी भएको छ ।

    अलकत्रा बोकेको गाडीमा आगलागी भएको र सोहीबाट स्थानीय गोपाल पाण्डे र मिना मरासिनीको घरमा समेत सल्किएको स्थानीय प्रत्यक्षदर्शी बाबुराम आचार्यले बताए । ईलाका प्रहरी कार्यालय बु्टवलका प्रमुख ठगबहादुर केसीका अनुसार आगो निभाउन बुटवल उपमहानगर र सैनामैना नगरपालिकाको दमकल पुगेका छन्।

    images
    images
    images

    केहीबेर अघि लागेको आगो स्थानीयले निभाउन नसकेपछि बुटवल उपमहानगरपालिकाको दमकल बोलाइएको छ । दमकल अझै पुगीनसकेको स्थानीयले बताएका छन्। बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँ गाउँस्थित नयाँ गाउँ माध्यमिक बिद्यालय अगाडिको चोकमा कालोपत्रे गरिरहेकै बेला सोही ठाउँमा रहेको ट्याक्टरमा आगो लागेको स्थानीयले बताएका छन्।

    स्थानीयका अनुसार ट्याक्टरमा लागेको आगो अनियन्त्रित भई स्थानीय गोपाल पाण्डेको घरमा समेत लागेको र निभाउने प्रयत्न भइरहेको छ। पाण्डेको घरमा रहेको ग्यास सिलिण्डरमा समेत आगो लागेका कारण बिष्फोट समेत भएको स्थानीयले बताएका छन्।विस्तृत विवरण आउन बाँकी।

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, कार्तिक २२ २०७८०७:२४:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij