बुटवल। सिद्दार्थ राजमार्गको बुटवल - पाल्पा सडक खण्ड कार्तिक २२ गते देखि रातको समयमा बन्द हुने भएको छ। मङ्सिर ६ गते सम्म १५ दिन सडक मर्मतका लागि बुटवल -पाल्पा सडक खण्ड बन्द हुन लागेको हो।

राती ९ बजे देखि बिहान ५ बजे सम्म सडकमा यात्रा नगर्न सडक डिभिजन कार्यलय पाल्पाले सुचना जारी गरेको हो | दिउँसोको समयमा यात्रुलाई सास्ती नहोस भनेर रातको समयमा सडक मर्मत गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जानेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij