बुटवल। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोध गर्दै बुटवलमा बिद्यार्थीले आन्दोलन तथा बिरोध प्रदर्शन गर्दै १ घण्टा चक्काजाम गरेका छन्।
नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा ग्यासमा गरेको मूल्यवृद्धिको विरोध गर्दै फिर्ता गर्ने मागसहित विद्यार्थी शुक्रबार बिहानै सडकमा उत्रिएका हुन ।
निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।
पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्ववियु रुपन्देहीले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरिएको अनेरास्ववियु रुपन्देहीले जानकारी दिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij