मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा मात्रै खर्च करिब १६ करोड

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा मात्रै खर्च करिब १६ करोड

images
  • 347
    SHARES

  • images
    images
    images
    बलिउड चलचित्र ‘उचाइ’को नेपालमा मात्रै खर्च  करिब १६ करोड
    images
    images
    images

    काठमाडौं । बलिउड चलचित्र ‘उचाइ’ले नेपालमा करिब १६ करोड रुपैयाँ खर्च गरेको छ । सिनेमाको केही अंश नेपालमा छायांकन गरेको चलचित्र निर्माण पक्षले नेपालमा मात्रै १६ करोड रुपैयाँ खर्च गरेको हो ।

    २७ दिन नेपालमा छायांकन गरेको उचाइ युनिटले नेपालमा सबैभन्दा धेरै हवाई सेवामा खर्च गरेको छ । करिब ५०० जनालाई हेलिकोप्टरमा ओसारेको चलचित्र युनिटले प्रतिव्यक्ति कम्तीमा पाँच पाँच लाख रुपैयाँ खर्चिएको थ्रि–ह्विलर्स फिल्म्स प्रालिका को–फाउन्डर डिरेक्टर पुष्पराज न्यौपानेले जानकारी दिए । उचाइको नेपालमा छायांकन व्यवस्थापनको सम्पूर्ण जिम्मा थ्रि–ह्विलर्स फिल्म्सले लिएको थियो ।

    images
    images
    images

    “हेलिकोप्टरमा ठूलो खर्च भएको छ । कतिवटा फ्लाइट भए त्यो भने हिसाबकिताब गर्न बाँकी छ । प्रोडक्सनको हरेक व्यक्तिलाई हेलिकोप्टरबाट यात्रा गराएका कारण सयौँ फ्लाइट भएको छ,” उनले भने ।

    अल्टिच्युट एअरले फ्लाइटको जिम्मा लिएको थियो । अल्टिच्युट एअर मात्रै पर्याप्त नभएपछि मनाङ र हेली एभरेस्ट पनि युनिटले प्रयोग गरेको थियो । हवाईजहाजमा भने तारा एअरसँग उचाइ युनिटले सम्झौता गरेको थियो ।

    ट्रान्सपोटेसनको जिम्मा माउन्टेन बुद्धलाई दिइएको थियो । लजिङ–फुडिङमा चारदेखि पाँच करोड रुपैयाँ खर्च भएको न्यौपानेको भनाइ छ । होटेल हायातमा मात्रै करिब डेढ करोड रुपैयाँ खर्च भएको छ ।

    मनाङमा करिब १० दिन छायांकन गरेको उचाइको युनिटले त्यहाँ होटेलमा मात्रै करिब एक करोड रुपैयाँ खर्च गरेको उद्योग वाणिज्य संघ मनाङका अध्यक्ष सविन श्रेष्ठ बताउँछन् । उनले भने, “उनीहरूले गरेको सबै खर्च त हामीलाई जानकारी हुने हुँदैन । तर, होटेलमा भने उनीहरूले मनाङमा मात्रै एक करोड खर्च गरेको पाइएको छ ।” लमजुङको बेसीसहरमा पनि ठूलो रकम खर्च भएको न्यौपानेको भनाइ छ ।

    होटेल, इकुप्मेन्ट, जनशक्ति, लोकेसन, सवारीसाधन, हेलिकोप्टर, ट्रान्सपोटेसनलगायतमा खर्च भएको थियो । न्यौपानेका अनुुसार समग्रमा सबैभन्दा धेरै खर्च सोलुखुम्बुमा भएको छ । सोलुखुम्बुमा लुक्ला र नाम्चेमा चलचित्रको छायांकन गरिएको थियो ।

    नेपालमा ४० दिनको छायांकन सेड्युल भए पनि २८ दिनमै सुटिङ सकाएर युनिट फर्किएको थियो । ४० दिन नै छायांकनका लागि लागेको भए ‘उचाइ’को नेपाल खर्च थप बढ्ने थियो ।

    अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी, सारिका हसनसहित करिब ३०० जनाको टिम नेपाल आएको थियो । यो चलचित्रमा केही नेपाली कलाकारले पनि अभिनय गरेका छन् ।

    गएको अक्टोबर ४ देखि काठमाडौंको एयरपोर्ट र हायात होटेलबाट चलचित्रको छायांकन सुरु गरिएको थियो । सुरज बडजात्याको निर्देशन रहेको उचाइ २०० करोड भारतीय रुपैयाँ बजेटको चलचित्र हो ।

    न्यौपानले उचाइ युनिट नेपालबाट सन्तुष्ट भएर फर्किएको बताए । “यो युनिट सन्तुष्ट भएर फर्किएको छ । त्यसैले अब अरू प्रोजेक्टलाई पनि यसले सकारात्मक प्रभाव पर्नेछ,” न्यौपानेले भने, “नेपाल आउन लागेको धर्मा प्रोडक्सनको प्रोजेक्ट र हलिउड प्रोजेक्टलाई पनि यसले सकारात्मक सन्देश दिनेछ ।”

    न्यौपानेसँगै थ्रि–ह्विलर्स फिल्म्स दीपक पन्त र सुरज आचार्यले सञ्चालन गर्दै आएका छन् । निकट भविष्यमा नेपाली चलचित्र प्राविधिकलाई ठूलो संख्यामा रोजगारी दिने बलिउड र हलिउडका प्रोजेक्ट नेपाल ल्याउने को–फाउन्डर डिरेक्टर न्यौपाने बताउँछन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, कार्तिक २५ २०७८०८:२४:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij