कार्तिक २६,देवदह। रुपन्देहीको देवदहमा रहेको महामाया भवानी माविको विद्यालय व्यवस्थापन समितीको निर्वाचनमा माओवादी कांग्रेस गठवन्धनका उमेद्धारहरु विजयी भएका छन । शुक्रबार महामाया भवानी माविको प्रांगणमा सम्पन्न मतदानमा एमालेका उमेद्धारलाई पराजित गर्दै गठवन्धनका उम्मेद्वार विजयी भएका हुन ।
विजयी हुनेमा नेपाली कांग्रेसका छबिलाल जिसी, धन कुमारी तिवारी र माओवादी केन्द्रका छबिराज भण्डारी र गोमा रोकाहा रहेको निर्वाचन मण्डका संयोजक टिकाराम शर्माले जानकारी दिनु भयो । विजयी हुने जिसीले १ सय ६८, भण्डारीले १ सय ५४, तिवारीले १ सय ६३ र रोकाहाले १ सय ६१ मत प्राप्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समिती सदस्यमा निर्वाचित चार जना सदस्यले बाँकी दुई जना मनोनय गर्न पाउने व्यवस्था छ । वडा अध्यक्ष, प्रधानाध्यापक र शिक्षक प्रतिनिधि गरी ९ जना सदस्य रहने छन । निर्वाचित ४ सदस्य र मनोनित २ जना मध्येबाट अध्यक्ष चयन हुनेछन । निर्वाचनमा एमाले र एकिकृत समाजवादी एक्ला एक्लै ,माओवादी र काग्रेस संयुक्त रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए ।
बिजयी उम्मेद्वार,मनोनित २ सदस्य र ३ जना पदेन सदस्य विच छलफल गरि ४ दिन भित्र विद्यालय व्यवस्थापन समितीको अध्यक्ष छनोट गरि सक्ने गठवन्धन बाट विजयी एक उम्मेद्वारले गुराँस मिडियालाई जानकारी दिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij