देवदह । लायन्स ईन्टरनेशनल पिस पोस्टर प्रतियोगिताका लागि रुपन्देहीको देवदहबाट न्यू लुम्बिनी बोर्डिङ स्कुलकी प्रिन्सिका पाइजा छनौट भएकी छन । शुक्रबार लायन्स क्लब अफ देवदहले गरेको छनौट कार्यक्रममा विभिन्न विद्यालयका १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रिन्सिका छनौट हुन सफल भएको क्लबका अध्यक्ष विनोद थापा मगरले जानकारी दिनु भयो । थापाका अनुसार उनि अब डिस्ट्रिक लेभलको प्रतिस्पर्धामा सहभागी हुनेछिन ।

डिस्ट्रिक लेभलबाट ३ जना प्रतिस्पर्धी ईन्टरनेशनल लेभलमा प्रतिस्पर्धा गर्न पाउनेछन । ईन्टर नेशनल लेभलमा प्रतिस्पर्धा गर्ने २३ जनाले ५ सय डलर र उत्कृष्ट १ जनाले ५ हजार डलर पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगितामा ११ देखि १३ बर्ष उमेर समुहका बालबालिका मात्रै सहभागि हुन पाउने मापदण्ड निर्धारण गरीएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुको छनौट दशरथ कुमाल र रामविर कुमालले गर्नु भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij