बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सितलनगर मगर समाजले जित्यो देउसीभैलो प्रतियोगिताको उपाधि

सितलनगर मगर समाजले जित्यो देउसीभैलो प्रतियोगिताको उपाधि

images
  • 571
    SHARES

  • images
    images
    images
    सितलनगर मगर समाजले जित्यो देउसीभैलो प्रतियोगिताको उपाधि
    images
    images
    images

    कार्तिक २८,गुराँस मिडिया। सामाजिक संजाल फेसबुकमा सक्रिय रहेर बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको ग्रुप मगर संसार(Magar Sansar) फोटो ग्यालरीले  आयोजना गरेको  ३५ औं अनलाइन देउसी/भैलो प्रतियोगिता २०७८ सीजन २ सम्पन्न भएको छ। 

    भेषभूषा,भाषा,धर्म,संस्कार,संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔ' दिन दुखी गरीब बिरामिलाई सहयोग गरौ भनी स्थापित मगर संसार ग्रुपले गत साल जस्तै यो साल पनि बलिहाङ तिहार पर्व लाई उल्लासमय तरिकाले प्रतियोगिता आयोजना गरी एउटा गतिलो सन्देश दिएको छ।

    images
    images
    images

    देउँसी भैलो प्रतियोगितामा विश्व भरीबाट २५ समुहको सहभागिता रहेको थियो। उक्त प्रतियोगितामा २४ समूह लाई पछी पार्दै  सितलनगर मगर समाज देवदह-७ रुपन्देहीले उपाधि जितेको छ। त्यसै गरी कालिका युबा क्लब देवदह-६ सरनवारी प्रतियोगितामा उपविजेता बनेको छ।  

    त्यसै गरी तेस्रो नेपाल मगर युवा संघ देवदह,लाँघाली समूह चौंथो,नेपाल मगर महिला संघ तिलोत्तमाल पाचौं स्थानमा रहन सफल भएको छ।प्रतियोगितामा उत्कृष्ट भिडियो बीजेताको उपाधि भने श्री लाङ्घाली मगर समाज शुक्लागण्डकी नगरपालिका -२ नर्सरी तनहुँको समूह बनेकोछ। 
    प्रतियोगिले पोस्ट गरेको भिडियोमा आएको लाइकको आधारमा नतिजा सार्बजनिक गरेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनुभयो। भरचुअलको माध्यम बाटनतिजा सार्बजनिक गरी औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। 

     
    १)प्रथम बिजेता बन्न सफल सितलनगर मगर समाज देवदह
    ----------------------------------------------
    ✅ समूहको नाम :- सितलनगर मगर समाज देवदह- ७ सरहनतारी रूपन्देही
    ✅ स्थान:- विजेता(प्रथम स्थान)
    ✅ ठेगाना :- देवदह-७ रूपन्देही
    ✅ प्राप्त मत :- १७३२ 
    ✅ पुरस्कार :- रु.१०,०००/- + सम्मान पत्र

    २)उपविजेता बन्न सफल कालिका युबा क्लब देवदह
    ----------------------------------------------
    ✅ समूहको नाम :- कालिका युबा क्लब देवदह- ६ सरहनतारी रूपन्देही
    ✅ स्थान:- उपविजेता(दोस्रो स्थान)
    ✅ ठेगाना :- देवदह-६, रूपन्देही
    ✅ प्राप्त मत :- १४०५ 
    ✅ पुरस्कार :- रु.७,०००/- + सम्मान पत्र

    ३) उत्कृष्ट भिडियो बिजेता बने श्री लाँघाली मगर समाज शुक्लागण्डकी-२,नर्सरी तनहुँ
    ----------------------------------------------
    ✅ समूहको नाम:- श्री लाङ्घाली मगर समाज शुक्लागण्डकी नगरपालिका -२ नर्सरी तनहुँ
    ✅ स्थान:- उत्कृष्ट भिडियो बिजेता
    ✅ ठेगाना :- तनहु
    ✅ पुरस्कार :-रु.५,००० /- + सम्मान पत्र

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, कार्तिक २८ २०७८०७:३८:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij