मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मगर संसारद्वारा देउसी/भैलो प्रतियोगितामा लाँघाली मगर समाज तनहुँको भिडियो बन्यो उत्कृष्ट

मगर संसारद्वारा देउसी/भैलो प्रतियोगितामा लाँघाली मगर समाज तनहुँको भिडियो बन्यो उत्कृष्ट

images
  • 199
    SHARES

  • images
    images
    images
    मगर संसारद्वारा देउसी/भैलो प्रतियोगितामा लाँघाली मगर समाज तनहुँको भिडियो बन्यो उत्कृष्ट
    images
    images
    images

    कार्तिक २८,गुराँस मिडिया। सामाजिक संजाल फेसबुकमा सक्रिय रहेर बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको ग्रुप मगर संसार(Magar Sansar) फोटो ग्यालरीले  आयोजना गरेको  ३५ औं अनलाइन देउसी/भैलो प्रतियोगिता २०७८ सीजन २ सम्पन्न भएको छ। 

    भेषभूषा,भाषा,धर्म,संस्कार,संस्कृतिलाई संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराऔ' दिन दुखी गरीब बिरामिलाई सहयोग गरौ भनी स्थापित मगर संसार ग्रुपले गत साल जस्तै यो साल पनि बलिहाङ तिहार पर्व लाई उल्लासमय तरिकाले प्रतियोगिता आयोजना गरी एउटा गतिलो सन्देश दिएको छ।

    images
    images
    images

    देउँसी भैलो प्रतियोगितामा विश्व भरीबाट २५ समुहको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट भिडियो बिजेता श्री लाँघाली मगर समाज शुक्लागण्डकी -२ नर्सरी तनहुका समूह बनेकोछ।बीजेता र उपविजेता बाहेक बाट मौलिक भिडियो मध्य बाट एक भिडियो एडमीन परिवारले छनोट गरेको थियो।उत्कृष्ट भिडियो बिजेता बनेको  श्री लाँघाली मगर समाजले नगद ५००० र सम्मान पत्र प्राप्त गर्ने छ।

    प्रतियोगितामा भिडियोमा आएको लाइकको आधारमा बीजेता सितलनगर मगर समाज देवदह-७ रुपन्देहीको प्रतियोगी समूह बनेको छ। त्यसै गरि उपविजेता कालिका युबा क्लब देवदह-६ सरनवारी रुपन्देहीको समूह बनेकोछ।

    जूम भरचुअलको माध्यम बाट नतिजा सार्बजनिक गरी औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। 

     

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, कार्तिक २८ २०७८०८:०३:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij