मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भ्रस्टाचार अन्त्य नभए सम्म मुलुक समृद्ध हुन सक्दैन:प्रदेश प्रमुख शेरचन

भ्रस्टाचार अन्त्य नभए सम्म मुलुक समृद्ध हुन सक्दैन:प्रदेश प्रमुख शेरचन

images
  • 200
    SHARES

  • images
    images
    images
    भ्रस्टाचार अन्त्य नभए सम्म मुलुक समृद्ध हुन सक्दैन:प्रदेश प्रमुख शेरचन
    images
    images
    images

    बुटवल,२९ कार्तिक । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले भ्रस्टचारीलाई आजिवन कारबासको ब्यवस्था हुन नसक्दा भ्रष्टाचारले जरा गाडेको बताएका बताउनु भयो ।भ्रष्टाचारको अन्त्य नभइकन मुलुक समृद्ध हुन नसक्ने भन्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

    बुटवल स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयद्धारा आयोगको ३१ औं बार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले उक्त कुरा बताउनुभएको  हो ।मुलुकमा सुशासन कायम भई समृद्धी प्राप्त गर्ने उदेश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन भएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले कसैको दबाब र प्रभावमा नपरी भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउन अख्तियार आयोगलाई आग्रह गर्नुभयो  ।

    images
    images
    images

    भ्रष्टाचार गर्नु  ज्यान मार्ने अपराध भन्दा ठूलो अपराध भएको भन्दै उहाले भ्रष्टाचारीलाई कानूनी कारबाही गर्ने कुरामा खुट्टा कमाउन नहुनेमा जोड दिनुभयो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रति राज्यले गहन जिम्मेवारी र दायित्व सुम्पिएको भन्दै प्रदेश प्रमुख शेरचनले अख्तियारका आयुक्त्त तथा कर्मचारीहरुले राज्यले गरेको बिश्वास गुम्न दिन नहुने बिचार ब्यक्त  गर्नुभयो ।
    प्रदेश प्रमुखलाई आयोगको प्रतिवेदन बुझाउदै अख्तियार दुरुपयोग आयोगको बुटवल कार्यालयका प्रमुख योगेन्द्र प्रसाद पाण्डेले अख्तियारमाथि साना भ्रष्टाचारीहरुलाई मात्रै कारबाही गरेको आरोप आउने गरेको भन्दै आयोगमा ठूला प्रकृतिका भ्रष्टाचारका घटना बिरुद्ध उजुरीनै नआउने गरेको प्रष्टीकरण दिए ।

     

     

     

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, कार्तिक २९ २०७८०७:०६:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij