कार्तिक २७,गुराँस मिडिया। मगर संसार फोटो ग्यालरी ग्रुपको आयोजनामा अनलाइन मार्फत देउसी/भैलो प्रतियोगिताको नतिजा सार्वजनिक तथाऔपचारिक कार्यक्रम सम्पन्न भएको छ।यही २०७८ कार्तिक २१ गते देखी सुरु गरी २६ गते सम्म संचालन गरेको प्रतियोगिताको नतिजा कार्तिक २७ गते जूम भर्चुअल मार्फत सम्पन्न भएको हो।
नेपाल मगर संघ केन्द्रिय महासचिव ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यतामा सम्पन्न नतिजा सार्वजनिक तथा औपचारिक कार्यक्रममा बिशेष अतिथिहरु नेपाल मगर बौद्ध सेवा समाजका अध्यक्ष देउ ब.राना मगर,प्रकृति पुजक मगर समाज नेपालका अध्यक्ष नन्द घर्ती मगर त्यसै गरि अतिथि कलाकारको रुपमा गायीका तथा अभिनेत्री कविता आले मगर ,पुरस्कार सौजन्य गर्नुहुने सहयोगी दाताहरु,प्रतियोगी समूहहरु,एडमिनहरु लगायत अन्य मगर अगुवाईहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको सभाध्यक्ष पुराना एडमिन मन मास्की राना मगरले गर्नु भएको थियो भने स्वागत मन्तब्य एडमिन राजेन्द्र राना मगरले गर्नु भएको थियो।कार्यक्रमको संचालन एडमिन शान्ति राना मगर र जानकी मगरले गर्नु भएको थियो र zoom भरचुअलको ब्यवस्थापन भने एडमिन प्रकाश मगर ले गर्नु भएको थियो।प्रतियोगिता र ग्रुपको उद्देश्य र कामको बारे जानकारी भने मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले दिनु भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij