कात्तिक २९,बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको विकासका लागि उद्योग क्षेत्र नै पहिलो अधार भएको बताउँदै प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताउनुभयो ।
घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा सम्वोनधन गर्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताउनु भएको हो। मुख्यमन्त्री केसीले लुम्बिनीलाई घरेलु तथा साना उद्योगको हव बनाउनको लागि लुम्बिनी सरकार लागि परेको बताउनुभयो ।
उहाँले घरेलु तथा साना उद्योगको क्षेत्रबाटै बहुसख्यक मानिसहरुलाई रोजगारमुखी बनाउन सकिने बताउँदै त्यसलाई प्रबर्दन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको विकासका लागि पनि साना उद्योगहरुलाई विकास र विस्तार नगरी सम्भव नभएको बताउँदै त्यसमा नै सबैको ध्यान केन्द्रीत गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको थियो।
मुख्यमन्त्री केसीले लुम्बिनी क्षेत्रका उद्योगी र व्यवसायीको लागि प्रदेश बैंक स्थापना गरिएको बताउँदै त्यसबाट सञ्चालनका सस्तो व्याजमा ऋण प्रदान गर्ने लागेको बताउनुभयो । घरेलु उद्योगबाट आम मानिसलाई समृद्धि गर्नका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij