बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिको अधिवेशनवाट नयां नेतृत्व निर्विरोध रुपमा चयन भएको छ । बुटवलमा भएको महासघको प्रदेश अघिवेशनबाट पुन नेत्र प्रसाद पाठकको अध्यक्षतामा नयां कार्यसमिति चयन भएको छ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रासाद केसीको अध्यक्षत र महासघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको विशिष्ठ आतिथ्यतामा भएकोअधिवेशनले सबै पदमा निर्विरोध नेतृत्व चयन गरेको हो ।निर्वाचन समितिका संयोजक जिवनारायण अधिकारीका अनुशार प्रदेश समिति रप्रदेश महिला उद्यमी समिति सर्वसहमतीमा चयन भएको हो ।

जस अनुसार महासघकोवरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद अधिकारी (रुपन्देही), उपाध्यक्षमा उमानाथ पोख्रेल ( नवलपरासी), महासचिवमा जयश्वर पौडेल (बांके) , कोषाध्यक्षमा लक्ष्मण बेल्वासे (कपिलवस्तु) रहेका छन् । त्यसगरि महासघका प्रदेश कार्यसमितिको सदस्यहरुमा धनिश्वर गौतम (गुल्मी), डिल्लीराम बस्याल(पाल्पा), जित वहादुर महरा .(रोल्पा), दोणराज सुवेदी (कपिलवस्तु,) विनता पाृेख्रेल (नवलपरासी),संजिव गहतराज (कपिलवस्तु),धनसिंह वली (वांकें),सतिस कुमार अधिकारी (बांके ) रहेका छन् ।त्यसैगरि महिला उद्यमी समितिको अध्यक्षमा शान्ती शर्मा, बरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री भण्डारी, उपाध्यक्षमा सावित्रा टण्डन,महासचिवमा पार्वती अधिकारी, कोषाध्यक्षमा मेनकला सिंह रहेका छन् ।सदस्यहरुमा शान्ती पौडेल, अनिषा कृेसी, सुनीता राणा, हिरा घले, मुना पाण्डे रहेका छन् ।नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई महासघका केन्द्रिय अध्यक्ष श्याम गिरीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij