मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

श्रीमतीको हत्या गरि पराल भित्र लुकाउने देवदहका श्रेष्ठ पक्राउ

श्रीमतीको हत्या गरि पराल भित्र लुकाउने देवदहका श्रेष्ठ पक्राउ

images
  • 2.5K
    SHARES

  • images
    images
    images
    श्रीमतीको हत्या गरि पराल भित्र लुकाउने देवदहका श्रेष्ठ पक्राउ
    images
    images
    images

    देवदह।देवदह ११ सहदौनियाका रविन श्रेष्ठले श्रीमतीको हत्या गरेका छन्। २३ बर्षीय श्रीमती  दिलमाया श्रेष्ठको घांटी थिचेर हत्या गरेको इलाका प्रहरी कार्यालय धकधईका प्रहरी नायब निरिक्षक हरि नारायण श्रेष्ठले जानकारी दिएका छन्। प्रहरीलाई बिहान ९ बजे मात्रै घटनाको बारेमा गाउँलेहरुले जानकारी दिए पनि रातिनै श्रीमतीको हत्या गरेको हुन सक्ने प्रहरीले आकलन गरेको छ। 

    दिलमायाका श्रीमान २५ बर्षीय श्रेष्ठले आफ्नै श्रीमतीको हत्या गरेका हुन्। हत्या गरि पराल भित्र लुकाएर राखेका अवस्थामा श्रीमतीको शव फेला परेको थियो। । घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको श्रेष्ठले स्वीकारेका छन्। श्रीमतीको हत्या गरे भनरे गाउँमा खुलेलाम हल्ला गर्दै हिंडेका उनलालई गाउँलेहरू मिलेर प्रहरीको जिम्मा लगाएको स्थानीय अजय रौनियारले बताए। 

    images
    images
    images

    दशैंमा अर्घले गाउँपालिका ६ पाल्पा माइत गएकी दिलमाया हिजो मात्रै घर देवदह ११ आएकी थियिन। श्रीमान रविनको आमालाई उदृत गर्दै प्रहरीले बताए अनुसार श्रेष्ठ लागु औषधको अम्मली रहेका थिए। घटना बारे थप अनुसन्धान भैरहेको र हत्या आरोपी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय भैरहवा लगिएको प्रहरी नायब निरिक्षक श्रेष्ठले बताए। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, मंसिर २ २०७८११:५४:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij