मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

१६ वर्षीया बालिकालाई यौन कार्यमा लगाउने नास्ता पसलका सञ्चालक पक्राउ

१६ वर्षीया बालिकालाई यौन कार्यमा लगाउने नास्ता पसलका सञ्चालक पक्राउ

images
  • 550
    SHARES

  • images
    images
    images
    १६ वर्षीया बालिकालाई यौन कार्यमा लगाउने नास्ता पसलका सञ्चालक पक्राउ
    images
    images
    images

    काठमाडौं । १६ वर्षीया बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाउने नेवारी खाजा घरका सञ्चालक पक्राउ परेका छन् ।

    गुल्मी घर भइ काठमाडौं कोटेश्वरमा नेवारी खाजा घर सञ्चालन गर्दै आएका नेत्रलाल ज्ञवालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ परेका ज्ञवालीलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

    गत वैशाखदेखि होटलमा बन्धक बनाइ बालिकालाई गाली गलौज तथा धम्की दिएर यौन सम्बन्ध राख्न लगाउने गरेको ब्युरोले जनाएको छ । खाजा घर सञ्चालक ज्ञवालीले होटलनजिकै रहेको कोठालगायतका होटेलमा यौन सम्बन्ध राख्नका लागि पठाउने गरेको ब्युरोको अनुसन्धानमा खुलेको छ ।

    आफूलाई जबर्जस्ती यस्तो कार्यमा लगाउँदा बालिका पटक÷पटक घर जान खोज्दा पनि खाजा घर सञ्चालक ज्ञवालीले उनलाई थुनामा राखेका थिए । ज्ञवालीले प्रत्येक दिन ३ देखि ५ जना परपुरषसँग उनीसँग सम्बन्ध राख्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।

    प्रहरी होटेल चेकजाँचमा आएको समयमा बालिकालाई आफ्नै मन्जुरीमा होटलमा खाना पकाउन, भाँडा माझ्न आएको हो भनेर भन्न लगाउने र प्रहरी गएपछि यौन सम्बन्ध राख्न लगाउने गरेको पनि ब्युरोको अनुसन्धानमा खुलेको छ ।

    ब्युरोले गत भदौ २५ मा नेवारी खाजा घरबाट ती बालिकालाई उद्धार गरेको हो । तर, ज्ञवालीलाई भने यहीँ कात्तिक १७ गते प्रक्राउ गरेको थियो । ब्युरोले ज्ञवालीसँगै घनामा संलग्न अन्य प्रतिवादीको पनि खोजी कार्य गरिरहेको छ ।

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, मंसिर २ २०७८०६:००:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij