म्याग्दी। म्याग्दी जिल्ला मंगला -३ कि १० वर्षीय बालिका रोशनी घर्ती मगरलाई मगर संसार फोटो ग्यालरी ग्रुपका संस्थापक,अध्यक्ष अनिल लामिछाने मगरको बिशेष पहलमा संकलित सहयोग रकम मगर संसार ग्रुप द्वारा रु २ लाख १३ हजार ९ सय ४० रुपैयाँ हस्तान्तरण गरिएको छ ।
नेपाल मगर संघ केन्द्रीय समितिको कार्यालय कलंकी काठमाडौमा नेपाल मगर संघ केन्द्रीय समितिको महासचिव ज्ञानेन्द्र पुन मगर,नेपाल मगर संघ बाग्मती प्रदेशको मुख्य सचिब साकार पुलामी मगर र साझा हब मिडिया प्रा . लि का अध्यक्ष तथा नेपाल मगर लेखक संघका महासचिव/संचारकर्मी श्याम राना मगर र मगर संसार फोटो ग्यालरीको तर्फबाट एडमिन राजेन्द्र राना मगरको उपस्थितिमा संयुक्त रुपमा बिरामीको आमा कुमारी घर्ती मगरलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
बिगत ५ बर्ष अघि बिरामी रोशनी घर्ती मगरको बुबाको पनि क्यान्सर र हेपाटाइटिस बि रोग बाट ग्रसित भइ मृत्यु भएको र त्यसपछि रोशनी घर्ती मगर पनि बिगत २ बर्ष देखि ब्रेन ट्युमर भयर काठमाडौ टिचिङ हस्पिटलमा हालसम्म ४ पटक अप्रेसन गरिसकेको र हालसम्म २५ लाख बढी उपचारमा खर्च भैसकेको र आफ्नो २ छोरीलाई पालनपोषण र उपचारका लागि ज्यादै कठिन भएको बिरामीको आमा कुमारी घर्ती मगरले बताइन ।
रोशनी घर्ती मगरको उक्त अवस्थालाई देखेर सहयोग पठाउनु हुने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिदै अभियन्ता अनिलले सहयोग रकम संकलनको बेला मगर संसार फोटो ग्यालरी ग्रुप पेजका एडमीनले ठुलो साथ दिएकोमा निकै आभारी हुदै एडमिनहरुको जती तारीफ गरेपनी कम हुने अनिलले बताए।अभियानको बेला सहयोग पोस्टलाई पोस्ट गरी प्रचारमा ठुलो साथ एडमिनहरुले दिएका थिए।
उक्त कार्यक्रममा बोल्दै बिरामी रोशनी घर्ती मगर र उनको आमा कुमारी घर्ती मगरले आफ्नो छोरिको उपचारको लागि सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी ब्यक्तिहरुलाई धेरै - धेरै धन्यवाद व्यक्त गरेकि थिइन ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij