मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सहिद स्मारक 'ए' डिभिजन लिग:सातदोबाटो र फ्रेन्ड्स क्लबको बराबरी

सहिद स्मारक 'ए' डिभिजन लिग:सातदोबाटो र फ्रेन्ड्स क्लबको बराबरी

images
  • 205
    SHARES

  • images
    images
    images
    सहिद स्मारक 'ए' डिभिजन लिग:सातदोबाटो र फ्रेन्ड्स क्लबको बराबरी
    images
    images
    images

    काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ ।शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन ।

    खेलको ३३ औं मिनेटमा सातदोबाटोका कप्तान मान बहादुर तामाङको फ्रिकिकमा आकाश बुढामगरको हेडरले पोस्टको दिशा लिन सकेन ।दोस्रो हाफको सुरुआतमै सातदोबाटोका मार्टिन्स अजयीले सिक्स यार्ड बक्सबाट गोल गर्न सकेनन् । उनको हेड प्रहार बाहिरिएको थियो ।५७ औं मिनेटमा सातदोबाटोका आकाश बुढा मगरको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले पन्च गर्दै बाहिर पठाए ।

    images
    images
    images

    दोस्रो हाफमा फ्रेन्ड्सले केहि सुधारिएको प्रदर्शन गर्यो ।खेलको ५९ औं मिनेटमा फ्रेन्ड्सका नाथननिल गार्सियाको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो ।सातदोबाटोका गोलकिपर अभिषेक बराल अघि बढेको मौकामा गार्सियाले प्रहार गरेका थिए । तर, उनी अभागी साबित भए ।खेलको ६६ औं मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले मुश्किलले बचाए ।

    खेलको ७६ औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटियो ।  डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सिमित भएको हो ।

    खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो । उसका सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए ।खेलमा फ्रेन्ड्सका गोलकिपर राहुल म्यान अफ दि म्याच चुनिए ।यस बराबरीसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा १/१ अंक पाएको छ ।लिग अन्तर्गत भोलि शनिबार दुई खेलहरु हुनेछन् ।

    पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।

     

    images
    images

    गुराँस अनलाइन

    He is chief editor of our media and continously working for society.

    • शुक्रवार, मंसिर ३ २०७८०७:०४:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij