मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

एक वर्षमा अमेजन जंगल १३ हजार वर्ग किलोमिटर फडानी

एक वर्षमा अमेजन जंगल १३ हजार वर्ग किलोमिटर फडानी

images
  • 467
    SHARES

  • images
    images
    images
    एक वर्षमा अमेजन जंगल १३ हजार वर्ग किलोमिटर फडानी
    images
    images
    images

    रियो दि जेनेरियो। ब्राजिलमा जंगल फडानी तीब्र रूपमा भइरहेको छ। अमेजनको जंगल फडानी १५ वर्ष यताकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन्।

    ब्राजिलको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार ब्राजिलमा एक वर्षमा जंगल फडानी २२ प्रतिशतले बढेको छ।

    images
    images
    images

    यसै साता सम्पन्न कोप सम्मेलनमा ब्राजिललगायत विभिन्न देशहरुले सन् २०३० सम्ममा बन फडानी रोक्ने प्रतिबद्धता जनाएका थिए। अमेजन करिव ३० लाख प्रजातिका बनस्पति र जनाबर तथा १० लाख आदिवासी मानिसहरुको घर हो।

    पछिल्लो तथ्यांकअनुसार सन् २०२० देखि सन् २०२१ को अवधिमा अमेजनमा १३ हजार २३५ वर्ग किलोमिटर क्षेत्रको जंगल मासिएको छ। यो सन् २००६ पछिकै ठूलो वन विनाश हो।

    तथ्यांकले चुनौती दिएको र जगंल विनाश जस्तो अपराध रोक्न कठोर कानुन आवश्यक भएको त्यहाँका वातावरण मन्त्रीले बताएका छन्। तर, तथ्यांकले पछिल्लो महिना सरकारले गरेको पहललाई नसमेटेको उनले बताए।

    राष्ट्रपति जैन बोल्सोनारो सत्तामा पुगेपछि अमेजनको जंगल विनाशमा तीब्रता आएको विज्ञहरुले बताउँदै आएका छन्। बोल्सोनारोले जंगलमा कृषि र खानीजन्य गतिविधि सञ्चालन गर्न प्रोत्साहन दिँदै आएका छन्।

     

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, मंसिर ३ २०७८०७:१७:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij