मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

चितवनको ओलीधिवेशन हो, हामी महाधिवेशन गर्दैछौं : थापा

चितवनको ओलीधिवेशन हो, हामी महाधिवेशन गर्दैछौं : थापा

images
  • 460
    SHARES

  • images
    images
    images
    चितवनको ओलीधिवेशन हो, हामी महाधिवेशन गर्दैछौं : थापा
    images
    images
    images

    काठमाडौं। नेपाली कांग्रेस नेता गगन थापाले एमालेले गरेको महाधिवेशन ‘महाधिवेशन नभई ओलीधिवेशन’भएको टिप्पणी गरेका छन्।काठमाडौं जिल्लाको सभापति सहित आफ्नो समूहको प्यानलको उम्मेदवारी घोषणामा थापाले भने, ‘यो कांग्रेसको महाधिवेशन हो। चितवनमा भएको ओलीधिवेशन हो।’

    पार्टीमा मत भएकैले मतभेद हुने गरेको उनले बताए। ओलीधिवेशनमा मत हाल्न कोही स्वतन्त्र नरहेको आरोप लगाउँदै उनले भने, ‘त्यहाँ मत हाल्न कोही पनि स्वतन्त्र छैनन्। त्यहाँ बाका सन्तान मात्रै छन्।’

    images
    images
    images

    ओलीको पाउमा जसले तेल बढी घस्न सक्छ उही नै नारायणी किनारसम्म आउन सकेको उनले आरोप लगाए। उम्मेदवारी घोषणा तथा पार्टी भित्र हुने मतभेदलाई स्वाभाविक रुपमा लिनुपर्ने उनले बताए।

    कांग्रेसका हेरक व्यक्ति आफैंमा स्वतन्त्र हुने बाटो पार्टीले अंगालको उनको जिकिर छ। कांग्रेसमा कार्यकर्ताले नेतृत्वमाथि प्रश्न उठाउन सक्ने थापाले बताए।

    नेता प्रकाशमान सिंह र थापाको गठबन्धनले काठमाडौं सभापतिमा कृष्ण (सबुज) बानियाँलाई उठाउने भएको छ। उक्त समूहबाट उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मीले प्रतिस्पर्धा गर्ने भएका छन्।

    सचिवद्वयमा इन्द्र थापा र गोविन्द पुडासैनीले प्रतिस्पर्धा गर्ने भएका छन्। सहसचिवमा  प्रा.डा. अमिता प्रधान र रोमेल श्रेष्ठले उम्मेदवारी दिने तय भएको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले शुक्रबार आफ्नो पक्षको उम्मेदवारी घोषणा गरेको थियो। देउवा पक्षबाट काठमाडौंको सभापतिमा उपेन्द्र कार्की उठ्ने भएका छन्।

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, मंसिर ११ २०७८०२:१६:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij