काठमाडौं । एमालेको १० औं महाधिवेशनको बन्द सत्र ढिला गरि बल्ल सुरु भएको छ । अहिले बन्द सत्रका लागि चितवनको सेभेन स्टार होटेल परिसरभित्र छिर्ने क्रम सुरु भएको छ ।
पार्टीभित्र पदको उम्मेदवारीमा आन्तरिक विवाद भएपछि बन्द सत्र ढिला गरि सुरु भएको थियो । भर्खंर सुरु भएको बन्द सत्रमा एमालेद्वारा आमन्त्रित विदेशी पाहुनाहरुले सम्बोधन गर्नेछन् ।
बिहान १० बजेको लागि तोकिएको बन्द सत्र साढे तीन बज्न लाग्दा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलभित्र प्रवेश गरिसकेका छन् भने केहीबेरमा बन्द सत्रलाई ओलीले सम्बोधन गर्नेछन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij