सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कांग्रेस रुपन्देहीको सभापतिमा खाण निर्विरोध निर्वाचित

कांग्रेस रुपन्देहीको सभापतिमा खाण निर्विरोध निर्वाचित

images
  • 338
    SHARES

  • images
    images
    images
    कांग्रेस रुपन्देहीको सभापतिमा खाण निर्विरोध निर्वाचित
    images
    images
    images

    बुटवल। नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध निर्वाचित भएका छन् ।शनिबार बिहान भएको निर्वाचन प्रक्रियामा सभापतिमा कसैले पनि मनोनयन दर्ता नगराएपछि खाण सभापतिमा सर्वसम्मत भएका हुन् ।

    खाण यसअघि रुपन्देही कांग्रेसको जिल्ला सचिव थिए । सभापतिमा निर्विरोध भएका खाण गृहमन्त्री बालकृष्ण खाणका भाई पनि हुन् ।कांग्रेस नेता खाणले आफ्नो गृहजिल्ला रुपन्देहीमा सभापतिमा सर्वसम्मत बनाएर कार्यकताको मन राखेका छन् । सभापतिमा निर्विरोध भएका खाण सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

    images
    images
    images

    सदस्य र अन्य पदमा निर्वाचन हुनेछ । गृहमन्त्री खाण, नेता भरतकुमार शाहसहितका सबै पक्षका नेताहरूले सुझबुझ र समझदारीमा सभापतिमा खाणलाई निर्विरोध गराएर देशभरि सकारात्मक सन्देश दिएका छन् ।

    सभापतिमा निर्विरोध भएपछि युवा नेता खाणले सबैलाई धन्यावाद दिएका छन् । उनले भने, ‘म सबै कांग्रेसको सभापति हुँ । यो वा त्यो भनेर कसैलाई भेदभाव गर्नेछैन । हामी मिल्यौ भने जस्तो पनि समस्या समाधान गर्न सक्छौँ भन्ने सन्देश दिएका छौँ ।’आफूलाई सभापतिमा निर्विरोध बनाउन सहयोग गर्न सबै नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूप्रति खाणले कृतज्ञता प्रकट गरेका छन् ।

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, मंसिर ११ २०७८०७:३९:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij