मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

झापाकी इन्दिरा संग गरे मुकुन्द घिमिरेले जनै सुपारी

झापाकी इन्दिरा संग गरे मुकुन्द घिमिरेले जनै सुपारी

images
  • 460
    SHARES

  • images
    images
    images
    झापाकी इन्दिरा संग गरे मुकुन्द घिमिरेले जनै सुपारी
    images
    images
    images

    काठमाडौं। केही वर्षअघि रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले झापाको सुरुङ्गाकी इन्दिरा संग्रौलासँग इंगेजमेन्ट गरेका छन् ।

    शनिवार सामाजिक सञ्जाल फेसवकुमा फोटो शेयर गर्दै उनी स्वयम्ले इन्गेजमेन्टको पुष्टि गरेका हुन् । इंगेजमेन्टलाई उनले सरप्राईज भनेका छन् ।

    images
    images
    images

    ०५८ देखि ०७० सालसम्म रत्नपार्कमा भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसपछि सामाजिक सञ्जाल फेसवुक र ट्वीटरमा चर्चित छन् । रुखमा चढेर ‘पहाडमा रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने न्यूनतम कार्यक्रम छ’ भन्दै भाषण गर्न थालेपछि उनी चर्चामा आएका हुन ।

    सामाजिक सञ्जालमा उनले आफूलाई भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालाई सुख र शान्तिले बस्न पाउने व्यवस्था आफूले मिलाउने बताउँछन् । 

    ०३५ सालमा भोजपुरको खार्ताम्छामा जन्मिएका मुकु्न्दे ‘भोजपुरमा मोइ खाएर काठमाडौंमा पिसाब फेर्न आउने’ सपना देख्छन् । उनले ०५५ सालमा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका छन् ।

    ०५८÷०५९ सालतिर रत्नपार्कस्थित शान्ति बाटिकामा पोते लगाएर बस्थे उनी । नेताहरु सबै नपुंसकजस्तै भएको र देशमा १५ हजार मान्छे मरेकाले १५ हजार दाना भएको पोते लगाएको उनी वताउँथे । 

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, मंसिर ११ २०७८०७:५२:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij