बुटवल। सामाजिक सञ्जाल मार्फत बिभिन्न सामाजिक कार्यहरु गरिरहेको मगर संसार फोटो ग्रुपले बुटवलमा रहेको नेपाल अपांग आश्रममा रहेका अपांगहरुलाई खाना तथा मास्क र सेनिटाइजर वितरण कार्यक्रम सम्पन्न गरेको छ। ग्रुपका एडमिनहरु प्रिया राना मगर,अमीर मगर र समाजसेवी ग्रुपको सदस्य ज्ञान थापा मगरको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
दीन,दुखी,गरीब,बिरामी लगायत बिबिध समस्यामा परेकालाई सहयोग गर्दै आएको मगर संसारले चौथो बार्षिक उत्सबको बेला गरेको निर्णय अनुसार आज बुटवल देवीनगरमा अवस्थित नेपाल अपांग आश्रममा रहेको ३० जना अपांगहरुलाई एक छाक खाना खुवाउनुका साथै मास्क र सेनिटाइजर वितरण गरिएको हो।
यो कार्यक्रम मगर संसारको ९१ औं कार्यक्रम रहेको र यस्ता कार्य आगामी दिनमा अझै गर्दै जाने अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनु भएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij