मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रोकिएन देवदहमा नदीजन्य पदार्थको चोरी निकासी

रोकिएन देवदहमा नदीजन्य पदार्थको चोरी निकासी

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    रोकिएन देवदहमा नदीजन्य पदार्थको चोरी निकासी
    images
    images
    images

    दिपेन्द्र बहादुर राना,देवदह।नदिजनन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अबैध रुपमा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।

    घोडाहा खोलामा ढुङ्गा चोरी गरिरहेको अवस्थामा ६ वटा ट्याक्टरलाई देवदह प्रहरी चौकीले नियन्त्रणमा लिएको हो।घोडाहा खोलाको दाउन्ने क्षेत्रमा अबैध रुपमा उत्खनन गरिरहेको ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको देवदह प्रहरी चौकीका इन्चार्ज गङ्गा बहादुर सारुले बताए ।

    images
    images
    images

    देवदह क्षेत्रमा अत्याधिक मात्रामा नदिजन्य पदार्थको चोरीनिकासी हुने गर्दछ।प्रहरी चोरी निकासी भएको क्षेत्रमा पुग्दा अबैध उत्खनन गर्नेहरु भागिसकेका हुन्छन् ।नदिजन्य पदार्थको उत्खनन भैरहेको भनेर गुनासो आउने गरेको प्रहरी निरीक्षक सारु बताउछन् ।पछिल्लो समय आफुहरुले कडा रुपमा निगरानी गरिरहेको र हाल सम्म ८ वटा ट्याक्टर नियन्त्रणमा लिइसकेको सारुले बताए।

    नियन्त्रणमा लिइएको ६ वटा  ट्याक्टरलाई प्रती ट्याक्टर ३० हजारको दरले जरिवाना लिएर छाडिएको सारुले बताए। 

    यसअघि पनि रुपन्देहीको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने देबदह क्षेत्रमा ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन भएको विषयमा समाचार सार्वजनिक हुँदै आएको थियो। प्रहरीले यसअघि पनि जेसिबी  र ट्याक्टर नियन्त्रणमा लिएको थियो ।देवदहको घोडाहा, रोहिणि, कजरार जस्ता ३ मुख्य नदीहरुमा नदीजन्य श्रोत अबैध रुपमा उत्खनन हुने गर्दछन। 

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, मंसिर १३ २०७८०७:२०:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij