चितवन । नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । बिहान ४ बजेबाट मतदान सुरु भएको हो । ७ बजे सम्म करिब ११५० मत खसेको बताइएको छ ।
राति २ बजेबाट मतदानको कार्यतालिका तय भएको भए पनि ढिलो गरेर बिहान ४ बजे मात्र सुरु भएको थियो । मतदान पश्चात आजै दिउँसो सम्म नतिजा आइसक्ने जनाइएको छ ।
अघिल्लो दिनदेखि गए राति सम्मै पनि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि प्रयास जारी राखेका थिए । तर भीम रावल लगायतका उम्मेदवार पछि नहटेपछि भने मतदान सुरु भएको हो । पहिलो मत ओलीले नै हालेको बताइएको छ ।
एमाले पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान भइरहेकाे हाे । अन्य पदमा भने सहमतिमै भागबण्डा मिलाइएकाे थियाे।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij