मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

दोस्रो पटक एमाले अध्यक्ष बनेका ओली को हुन् ?

दोस्रो पटक एमाले अध्यक्ष बनेका ओली को हुन् ?

images
  • 608
    SHARES

  • images
    images
    images
    दोस्रो पटक एमाले अध्यक्ष बनेका ओली को हुन् ?
    images
    images
    images

    काठमाडौं । दोश्रो पटक नेकपा एमालेको अध्यक्ष बनेका केपी शर्मा ओलीको पूरा नाम खड्गप्रसाद शर्मा ओली हो। उनको जन्म पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको कोखबाट वि.सं. २००८ साल फागुन ११ तेह्रथुम जिल्लाको इवा २ मा भएको हो।


    ओलिले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। त्यसपछि आदर्श माध्यमिक झापाबाट २०२८ साल एसएलसी उत्तिर्ण गरे। हाल ओली अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन्।

    images
    images
    images

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली दोश्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। यसअघि २०७२ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए। ओली हालै सम्पन्न एमालेको दशौँ महाधिवेनबाट पुनः पार्टी अध्यक्षमा निर्वाचित भएका छन्।

    वाकपटुतामा माहिर र नेपाली राजनितिका चतुर खेलाडिको रुपमा चिनिने ओली १४ वर्ष लामो जेल जिवन भोगेका नेता हुन्। झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा सुरु गरेका उनले तीन दशक भन्दा लामो जिवन राजनीतिमा विताएका छन।

    ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएका थिए। संविधानसभा मार्फत नयाँ संविधान निर्माणमा ओलीले निर्णायक भूमिका निर्वाह गरेका थिए।

    हाल उनी संघिय संसदको पहिलो ठुलो दल नेकपा एमालेका अध्यक्ष बनेका हुन्। २०७२ सालमा तत्कालिन नेकपा माओवादी केन्द्रसितको एकताभएपछि उनले झण्डै दुइ तिहाइ नजिकको सरकारको नेतृत्व गरे। तर नेकपा विघटन भएर एमाले र माओवादी केन्द्रको ब्यूतिएपछि उनले एमाले हाँके।

    पहिलो पटक प्रधानमन्त्री हुदाँ ओली नेपालको ३८ औँ प्रधानमन्त्री थिए भने दोश्रोपटक २०७२ सालमा ४१ औ प्रधानमन्त्रीको रुपमा चुनिए। उनी २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए भने २०६४ देखि २०६५ सम्म उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। वामपन्थीबाट प्रधानमन्त्री हुने ओली छैटौ नेता हुन्।

    उनको संसदिय राजनितिक यात्रा विसं २०४८ मा झापा क्षेत्र नं. ६ र २०५९ मा झापा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

    ओली वाकपुटामा माहिर, निडर र खरो मानिन्छन्। उनले आफूलाई लोकतन्त्र, शान्ति, र राष्ट्रिय एकतामाअडान राख्ने नेता भनेर चिनाउँछन्। भाषण गर्दा उनी उखान–टुक्का प्रयोग गर्न माहिर छन्।

    विसं २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओली २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिए। २०२८ सालको झापा आन्दोलनका एक पात्र हुन्। पञ्चायती व्यवस्थाविरुद्धको संघर्षमा ओली २०२८ देखि २०४४ सम्म जेल परे। उनले कुल १४ वर्ष जेल जीवन विताएका छन्।

    उनले झापा जिल्ला क्षेत्र नं ६ बाट क्रमश २०४८, २०५१ र २०५६ का प्रतिनिधि सभामा निर्वाचित भएका छन्। पहिलो संविधान सभा २०६४ निर्वाचनमा भने झापा क्षेत्र नं ७ बाट पराजित भएका थिए। तर दोश्रो संविधानसभा निर्वाचन २०७० मा भने उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन्।

    ओलीको राजनीतिक जीवन यात्रा

    ओलीले २०२३ मा माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त गरेका हुन्। २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई त्यसको नेतृत्व गरे। २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका ओली २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उप–सचिवको जिम्मेवारी बहन गरे। २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका थिए।

    २०२७ फागुन १६ गते आइतबार उनी झापाबाट गिरफ्तारीमा परे। २०२७ र २०३० का बिचमा पटक पटक गरी १० पटक भन्दा बढी गिरफ्तारीमा परेका उनको जेल जीवन २०३० असोज २३ गतेबाट शूरु भएको थियो। ओली २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा भएका थिए।

    जेलमुक्त भएपछि २०४४ पुस २ गतेबाट नेकपा एमालको बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाएका थिए। पछि २०५८ मा माघ १९ को तत्कालीन राजा ज्ञानेन्द्रले चालेको कु सँगै उनि नजरबन्दीमा परेका थिए।

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, मंसिर १४ २०७८०७:३९:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij