बुटवल ,१४ मंसिर । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुले अहिले आयोजना गरेको सम्मेलन र महाधिवेशन आउने निर्वाचनको तयारी जस्तो देखिएको बताउनु भएको छ । नकेपा माओबादी केन्द्रका केन्द्रीय प्रतिनिधि स्वर्गिय राम प्रसाद बञ्जाडे ( टकमणी) को आज बुटवलमा पार्टीले आयोजना गरेको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै उँहाले देशमा चुनावको माहोल बन्दै गएको बताउनुभयो । उँहाले देशमा चुनावको माहोल बन्दै गएको र लोकतन्त्रको लागि चुनाव आवश्यकता रहेकोमा जोड दिनुभयो । चुनाव स्वच्छ ,निष्पक्ष, धाँधली रहित तरिकाले सञ्चालन हुनु पर्नेमा प्रचण्डले जोड दिनुभयो ।

उँहाले राजनीतिक दलहरुको आपसी समझारी र सहकार्य सहित देशमा राजनीतिक स्थायित्व बनाउँदै देशलाई समृद्धि तर्फ ल्यैजान आवश्यकता रहेकोमा जोड दिनुभयो । संविधान निर्माण गर्दा समाजबाद उन्मुख राज्य परिकल्पना गरेको अध्यक्ष प्रचण्डले बताउँदैे समावेशी समानुपाती मान्यतालाई साँचो अर्थमा लागु गर्नको लागि सबैले मेहनत गर्न आवश्यकता रहेको बताउनु भयो । यस्तै कार्यक्रममा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका ईन्चार्ज चक्रपाणी खानाल बलदेव , लुम्बिनी प्रदेशसभाका सभामूख पूर्ण बहादुर घर्ती , नेपाली कांग्रेसका जिल्ला सदस्य हरिलाल अर्याल लगायले शोकसभामा बोलेका थिए । बञ्जाडेको मंसिर ७ गते दाङमा आयोजना भएको पार्टीको कार्यक्रम समापन गरेर घर फर्किने क्रममा सवारी दुर्घटना परि निधन भएको थियो ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij