सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

धर्म परिवर्तन गराउने आचार्यलाई दुई वर्ष कैद, २० हजार जरिवाना

धर्म परिवर्तन गराउने आचार्यलाई दुई वर्ष कैद, २० हजार जरिवाना

images
  • 244
    SHARES

  • images
    images
    images
    धर्म परिवर्तन गराउने आचार्यलाई दुई वर्ष कैद, २० हजार जरिवाना
    images
    images
    images

    गुराँस मिडिया। डोल्पा जिल्ला अदालतले धर्म परिवर्तन गराएको अभियोगमा एक जना पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ। 

    डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै पास्चर केशवराज आचार्यलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको हो। 

    images
    images
    images

    अदालतका वैतनिक वकिल घनश्याम उपाध्यायका अनुसार मंगलबार न्यायाधीश केशवराज चपाईको एकल इजलासले आचार्यका हकमा यस्तो सजाय सुनाएको हो । उपाध्यायका अनुसार ‘दुई वर्ष कैद र २० हजार जरिवाना सुनाएको छ तर यो अन्तिम निर्णय होइन। पुनरावेदन हुनसक्छ।’

    पाश्चर आचार्यले आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको आरोप लागेको थियो । सोही आरापका आधारमा प्रहरीले गत वर्ष चैत ११ गते उनलाई पोखराबाट पक्राउ गरेको थियो ।

    ‘यशुले कोरोना भाइरस निको पारिदिन्छन’ भन्दै आचायईले अफवाह फैलाएको अरोप थियो । उनले त्यो सूचनाको भिडियो वनाएर सामाजिक सञ्जालमा समेत हालेका थिए। 

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, मंसिर १४ २०७८०८:५३:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij