देवदह। लियो क्लब अफ बुटवलद्वारा आयोजना गरिएको जिल्ला स्तरीय अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिताको उपाधि सगरमाथा सेकेण्डरी स्कुलका छात्र सनम थापाले हात पारेका छन्। टेबल टेनिस प्रतियोगिताको जुनियर छात्र तर्फको उपाधि सगरमाथा स्कुलका थापाले जितेका हुन्।
त्यसै गरि जुनियर छात्रा तर्फ सगरमाथा स्कुलका सूचना सुनारले तृतीय स्थान हासिल गरेको सगरमाथा स्कुलका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

जिल्ला स्तरीय अन्तर विद्यालय टेबल टेनिस प्रतियोगितामा जिल्लाभरका १० बिद्यालयको ६४ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो। बिजेता बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको टेबल टेनिसका प्रशिक्षक सगुन लामिछानेले बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij