सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

यी हुन् माओवादी केन्द्र देवदह नगर अध्यक्षका आकांक्षी

यी हुन् माओवादी केन्द्र देवदह नगर अध्यक्षका आकांक्षी

images
  • 797
    SHARES

  • images
    images
    images
    यी हुन् माओवादी केन्द्र देवदह नगर अध्यक्षका आकांक्षी
    images
    images
    images

    देवदह। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवदहको नगर अधिबेशन मङ्सिर १७ गते हुँदैछ। अन्य जिल्लाका पालिकाहरुमा मङ्सिर ११ गते एक साथ सम्पन्न भएको अधिबेशन रुपन्देही जिल्लामा भने जिल्ला इन्चार्ज राम प्रसाद बन्जाडेको सडक दुर्घटनामा परि निधन भए पछि स्थगित गरिएको थियो। 

    देवदह नगरपालिकामा अध्यक्ष पदका लागि यो समाचार तयार पार्दा सम्म 3 जनाले दावी पेश गरेका छन्। हालका नगर अध्यक्ष केदार नाथ काफ्ले,नगर सचिब केशर बहादुर पुन र योङ्ग कम्युनिष्ट लिग वाइसिएलका नगर अध्यक्ष प्रशान्त गैरेले उम्मेद्वारी दिने घोषणा गरेका हुन्। 

    images
    images
    images

    युवा पुस्ताको नेतृत्वलेनै अब देशको सकारात्मक परिवर्तन गर्ने भएकाले आफुले अध्यक्षमा दावी प्रस्तुत गरेको केदारनाथ काफ्लेले बताए।सबै  राजनीतिक दल भित्र युवाहरुले नेतृत्व गर्नु पर्ने र राजनीति सुद्दिकरण लागि पार्टी भित्र युवाको खाँचो रहेको काफ्लेले बताए। 

    त्यसै गरि अध्यक्षको अर्का मुख्य उम्मेदवार केशर बहादुर पुन हाल पार्टीका देवदह नगर अध्यक्ष पनि हुन्। २०४६ सालमा तत्कालिन मसाल बाट राजनीति सुरु गरेका पुन पार्टीलाई मजवुत बनाउनका लागि आफुले अध्यक्षमा दावी गरेको बताउछन। देश माओवादी केन्द्रले बनाएको एजेन्डा अनुसार चलेको बताउंदै अब पार्टिलाई मजवुत बनाएर नेतृत्व पनि आफ्नै पार्टीले लिनुपर्ने पुनले बताए। 

    त्यसै गरि अध्यक्षमा दावी पेश गरेका अर्का उम्मेदवार हुन् प्रशान्त गैरे। उनि योङ्ग कम्युनिष्ट लिग वाइसिएलका नगर अध्यक्ष समेत हुन्। खरो बक्ता समेत रहेका गैरे पार्टीको नेतृत्व अब युवा पुस्ताले गर्नुपर्ने बताउछन। देशलाई फेरि एकपटक माओवादीमय बनाएर विकास निर्माण र समृद्द नेपाल बनाउनु पर्ने उनको तर्क छ। 

    पार्टीको उपाध्यक्ष पदका लागि हाल सम्म धन बहादुर अधिकारी (शंकर) को मात्र उम्मेद्वारी परेको छ। त्यस्तै सचिब पदका लागि थानेश्वर लम्साल,प्रितम कुमार थापा र दिपक न्यौपानेले उम्मेदवारी दिने घोषणा गरेका छन्। कोषाध्यक्ष पदका लागि बम बहादुर आलेले दावी प्रस्तुत गरेका छन। 

    अधिबेशन मङ्सिर १७ गते बिहान ११ बजे देखि पाठक फुडल्याण्डमा सुरु हुँदैछ। 

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, मंसिर १६ २०७८०८:१०:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij