सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

माओवादी केन्द्र देवदह नगर सचिब पदमा ३ युवाको दाबी

माओवादी केन्द्र देवदह नगर सचिब पदमा ३ युवाको दाबी

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    माओवादी केन्द्र देवदह नगर सचिब पदमा ३ युवाको दाबी
    images
    images
    images

    देवदह। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवदहको नगर अधिबेशन मङ्सिर १७ गते हुँदैछ। अन्य जिल्लाका पालिकाहरुमा मङ्सिर ११ गते एक साथ सम्पन्न भएको अधिबेशन रुपन्देही जिल्लामा भने जिल्ला इन्चार्ज राम प्रसाद बन्जाडेको सडक दुर्घटनामा परि निधन भए पछि स्थगित गरिएको थियो। 

    देवदह नगरपालिका सचिब पदका लागि यो समाचार तयार पार्दा सम्म ३ जनाले दावी पेश गरेका छन्। दिपक न्यौपाने,थानेश्वर लम्साल र प्रितम कुमार थापाले सचिब पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका हुन्। 

    images
    images
    images

    योङ्ग कम्युनिष्ट लिग वाइसिएलका नगर उपाध्यक्ष समेत रहेका लम्सालले पार्टीले अङ्गिकार गरेको प्रतिस्पर्धात्मक प्रणालीलाई आत्मसात गर्न र युवालाई उत्पादन सङ्ग जोडेर पार्टीको नीति र रणनीतिलाई अगाडि लैजान आफुले सचिब पदका लागि उम्मेदवारी दिने बताउछन। 

    युवालाइ राजनीतिक रुपमा प्रशिक्षित गर्दै निस्ठाको राजनितिमा प्रेरित गर्न  र परिवर्तनका लागि युवा सहभागीता अपरिहार्य रहेको महसुस गर्दै आफुले सचिब पदमा दावी पेश गरेको लम्सालले बताए। 

    त्यसै गरि सचिब पदका अर्का दावेदार हुन् दिपक न्यौपाने । २०५४ सालमा पार्टीको सांस्कृतिक परिवारको सदस्य बनेका न्यौपाने २०५९ सालमा अखिल क्रान्तिकारीमा आबद्द भएका थिए। २०६१ सालमा  अखिल क्रान्तिकारीका जिल्ला कमिटि सदस्य बनेका न्यौपानेले त्यस पछि पार्टीको महत्वपुर्ण पदमा रहेर काम गरेको बताए। पछिल्लो समयमा राजनीतिमा युवाहरुको क्रेज बढेको बताउंदै न्यौपानेले पार्टी नेतृत्व युवाहरुले गर्नुपर्ने बताउछन्। 

    त्यसै गरि सचिब पदमा प्रितम कुमार थापाले दावी पेश गरेका छन्। युवा व्यवसायी थापा २०५० साल देखि तत्कालिन मसालको सांस्कृतिक परिवारमा रहेर राजनीतिमा जोडिएका थिए।युवालाई व्यावसाय संगै राजनीतिमा जोडेर देशको आमुल परिवर्तन गर्न लाग्नुपर्ने थापाले बताए। 

    अधिबेशन मङ्सिर १७ गते बिहान ११ बजे देखि पाठक फुडल्याण्डमा सुरु हुँदैछ। 

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, मंसिर १६ २०७८०९:००:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij