सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

न्यू लुम्बिनीमा विभिन्न प्रतियोगिता सहित बाल क्लव गठन

न्यू लुम्बिनीमा विभिन्न प्रतियोगिता सहित बाल क्लव गठन

images
  • 419
    SHARES

  • images
    images
    images
    न्यू लुम्बिनीमा विभिन्न प्रतियोगिता सहित बाल क्लव गठन
    images
    images
    images

    देवदह। न्यू लुम्बिनी ई.बो.स्कुल देवदह ५ खैरेनीमा साप्ताहिक कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न भएको छ । सव जुनियर तर्फ कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको छ भने जुनियर तथा सिनियर तर्फ हिसाब दौड प्रतियोगिता सम्पन्न भएको छ । सवजुनियर तफै भएको कुर्चि दौड प्रतियोगितामा कक्षा प्रिनर्सरी तर्फ लियाना दम्बरपाल प्रथम, सुजल परियार द्धितिय र बेविका गिरी तृतीय भएको छ भने कक्षा नर्सरी तर्फ साया गुरुगं प्रथम, भिजन थापा मगर द्धितिय र अर्पन के.सी. तृतीय हुन सफल भएको छ । कक्षा एल.के.जी.तर्फको सोही खेलमा एरिन सिन्किजा मगर प्रथम, प्रिन्जल पुन द्धितिय र लक्ष्मी थापा मगर तृतीय हुन सपल भएको छ भने कक्षा यू.के.जी.तर्फ कृष्टल पुन प्रथम, शुसान्त भण्डारी द्धितिय र मेरिना थापा मगर तृतीय हुन सफल भएको छ । त्यसैगरी कक्षा एक तर्फ सुगम सापकोटा प्रथम, युलिन हुन्चिगं मगर द्धितिय र आरती भट्टराई तृतीय हुन सफल भएको छ । 

    No description available.

    images
    images
    images

    त्यसै गरि  भएको जुनियर तर्फको हिसाब दौड प्रतियोगितामा कक्षा दुई तर्फ अनुभव वि.क. प्रथम, मञ्जु ढेंगा द्धितिय र अनुराधा बयाम्बु तृतीय भएको छ भने कक्षा तीन तर्फ लिला थापा प्रथम, युना राना द्धितिय र पवन थापा तृतीय हुन सफल भएको छ । त्यसैगरी कक्षा चार तर्फ शिशिर शाक्य प्रथम, मुना गुरुगं द्धितिय र आयुषा क्षेत्री तृतीय भएको छ र कक्षा पाँच तर्फ खुशी घर्ती मगर प्रथम, निर्वाना थापा द्धितिय र शिखा थापा तृतीय हुन सफल भएको छ । 

    No description available.

    सिनियर तर्फको सोही खेलमा कक्षा छ मा अनमोल वि.क. प्रथम, सृष्टि थापा द्धितिय र आयुष गुरुगं तृतीय हुन सफल भएको छ भने कक्षा सात तर्फ ज्योती प्राडेल प्रथम, प्रतिक अर्याल द्धितिय र अकृजा के.सी. तृतीय हुन सफल भएको छ । त्यसैगरी कक्षा आठ तर्फ पुजन सारु प्रथम, सोहन राना द्धितिय र निशान पुन तृतीय भएको छ भने कक्षा नौँ तर्फ विश्वास श्रेष्ठ प्रथम, छमिसरा घर्ती मगर द्धितिय हुन सफल भएको विद्यालयले जानकारी गराएको छ । 

    त्यसैगरी विद्यालयमा एक कार्यक्रमको बिच बाल क्लव पुर्नगठन भएको छ । क्रिस्टल बगालेको अध्यक्षतामा ११ सदसिय नयाँ समिति गठन भएको हो । जसमा उपाध्यक्ष ज्योती पौडेल, सचिव खुशी घर्ती मग, सहसचिव निर्वाना थापा मगर, कोषाध्यक्ष कृष पुन सदस्यहरुमा आशिक थापा, निशान्त पुन, असिम थापा, रोशनी थापा, आयुष गुरुगं र जानकी पौडेल रहनुभएको छ । शिक्षक प्रतिनिधिको रुपमा ओमनारायण थारु र कृति अधिकारी रहनुभएको छ । अंकिता के।सी।को अध्यक्षता र खुशी घर्तीमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पुर्नगठित नयाँ समितिलाई सेकेण्डरी इन्चार्ज विष्णु बहादुर सारु, अतिरिक्त क्रियाकलाप इन्चार्ज प्रशान्त राना, निर्मला पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, मंसिर १७ २०७८०८:२४:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij