सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बुटवल उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई,भारतीलाइ स्वागत

बुटवल उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई,भारतीलाइ स्वागत

images
  • 955
    SHARES

  • images
    images
    images
    बुटवल उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रेग्मीको विदाई,भारतीलाइ स्वागत
    images
    images
    images

    बुटवल। बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको विदाई एवं नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतको स्वागत गरिएको छ ।

    नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिका आयोजनामा स्वागत एवं विदाई कार्यक्रम इकाई अध्यक्ष अनिल कुमार माण्डव्यको अध्यक्षता नगर प्रमुख  शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    स्वागत तथा विदाई कार्यक्रमको संचालन नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समितिका सचिव रेश्मीराज घिमिरेले गर्नुभएको थियो ।  बुटवल उपमहानगरपालिकाको ४९ ‌औं कार्यालय प्रमुखको रुपमा रहनु भएका शिव प्रसाद रेग्मी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा भई जानु भएको छ ।

    उपमहानगरपालिका भै सके पछिका ८ औ प्रमुख प्रशासकीय अधिकृत र ५० औ कार्यालय प्रमुखको रुपमा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत  बिरेन्द्रदेव भारती  बुटवल उपमहानगरपालिका आई पदभार ग्रहण गर्नु भएको छ ।कार्यक्रममा विशिष्ट अतिथि उप प्रमुख गाेमा देवी आचार्य, प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मी , एशोसिएसनका निवर्तमान अध्यक्ष एवं  छैठौं केन्द्रीय महाधिवेशन सचिव सितु प्रसाद श्रेष्ठ   उपमहानगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मी  ,बरिष्ठ अधिकृत विष्णु प्रसाद खनाल, नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रदेव भारती  लगायतले बोल्नु भएको थियो ।

    साे कार्यक्रममा लामाे समय बुटवल उपमहानगरपालिकामा कार्यरत बरिष्ठ अधिकृत शिव नारायण शाहलाई समेत बिदाइ गरिएको थियो ।  उक्त कार्यक्रममा  बुटवल उपमहानगरपालिकाका सम्पूर्ण  कार्यपालिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, मंसिर १७ २०७८०८:३८:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij