सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

images
  • 543
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना पुष्टि, ५ को मृत्यु
    images
    images
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५२९५ र एन्टिजेन विधिबाट १५०२ जनामा परिक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २२ हजार ३९२  र एन्टिजेनबाट ९५ हजार ५८७ जना पुगेको छ ।  

    images
    images
    images

    यस्तै, आज थप ३९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४ हजार १०४ जना पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको छ ।   

    पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५४० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ । 

     

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, मंसिर १८ २०७८०४:४५:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij