एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतमा फेला परेको समाचार छाइरहँदा त्यहाँका एक डाक्टरले आफ्ना दुई सन्तान र श्रीमतीको हत्या गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटना उत्तर प्रदेशको कानपुरमा घटेको हो । डा. सुशीलले ४८ वर्षीय श्रीमती, १८ वर्षीय छोरा र १० वर्षकी छोरीको हत्या गरेको बताइएको छ ।
भारतीय सञ्चामाध्यमका अनुसार डा. सुशीलले हत्यापश्चात आफ्ना भाइलाई प्रहरी बोलाउन म्यासेज गरेका थिए ।
तर, प्रहरी पुग्दा डा. सुशील भने फरार भइसकेका थिए। र, त्यहाँ उनले एउटा नोट छाडेका थिए । उक्त नोट प्रहरीले फेला पारेको थियो । नोटमा लेखिएको थियो– ओमिक्रोनका कारण मैले हत्या गरेँ। अब यिनीहरुको शव गन्नु पर्दैन। डाक्टरले ओमिक्रोनको डरले हत्या गरेको खुलासा भएको पनि बताइएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij