गुराँस मिडिया । जनवादी गायक जीवन शर्माको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरमा उनी सडकमा पसल थापेर बसेका छन्। नाङ्लो र क्रेटमा मकै, खुर्सानी र कागती बेच्न राखिएको छ। जीवन शर्मा ग्राहक कुरेर बसेझै देखिन्छ। तर, तस्बिरमा देखिने दृश्यको वास्तविकता भने फरक छ।
खासमा उक्त पसल जीवन शर्माको होइन। उक्त पसल मैतीदेवी स्थित एक महिलाको हो। ती महिलाले सडकछेउमा पसल राखेकी थिइन्। दुई महिनाअघि सडकमा हिँड्दै गर्दा जीवन शर्मा त्यही पसल नजिक पुगे। उनले रमाइलो मान्दै केहीबेर पसल अगाडि बसेका थिए। त्यतिवेला कसैले उनको तस्बिर खिचेको थियो। सो तस्बिर अहिले भाइरल भएको हो।

गायक शर्माले भने,‘खासमा त्यो पसल मेरो होइन, एकजना बहिनीले मैतीदेवीमा राख्नुभएको पसल हो, हिँड्दै जाँदा यसो रहर गर्दै म पसलमा बसेको थिएँ, त्यतिवेला सडकमा उभिएकाहरूले फोटो खिच्नुभएको थियो, अहिले भाइरल भएछ, अन्यथा नलिन अनुरोध गर्दछु।’
गायक शर्माका जीवन संगिनी निलिमा पुनले पनि सामाजिक संजाल फेसबुकमा ग्राहक आए भने ५० को तिन वोटा मकै भनिदिनु है भन्दै साहुनी दिदि पैसा खुद्रा गर्न गएको कुरा उल्लेख गरेकी छिन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij