मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सडक विस्तारमा ढिलाई भएको भन्दै बुटवल बन्दको आह्वान

सडक विस्तारमा ढिलाई भएको भन्दै बुटवल बन्दको आह्वान

images
  • 13.9K
    SHARES

  • images
    images
    images
    सडक विस्तारमा ढिलाई भएको भन्दै बुटवल बन्दको आह्वान
    images
    images
    images

    बुटवल।बुटवलको ६ लेन सडक निर्माणमा ढिलाई भएको भन्दै बुटवल वासी आन्दोलित भएका छन्। बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडक विस्तार कार्य ढिलाई हुँदा समस्या उत्पन्न भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्। चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित स्थानीयले सडक मर्मत सहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन माग गर्दै पुस २६ गते बुटवल बन्दको आह्वान समेत गरेका छन्। 

    समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने,ज्योतिनगर,लक्ष्मिनगर पाखापानी वडा नम्बर १,पाखापानी वाड २ र वडा नम्बर ६ को ताइवान टोलमाथिको पहिरोको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

    images
    images
    images

    मंगलबार दिउँसो नागरिक समाजका अगुवा संस्थाबीच छलफल गरेको समितिले साँझ सडकमै पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा कार्यक्रमहरू सार्वजनिक गर्दै समितिका अध्यक्ष कमल गौतमले बुधबार नागरिक समाज तथा सरोकारवाला संघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय,मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने बताए ।

    त्यस्तै समितिले पुस ३ गतेसम्म राजनीतिक दल, विभिन्न संघसंस्था, नेपाल सरकारका सम्बन्धित कार्यालयहरूमा ज्ञापन पत्र दिने, पुस ४ गते सडक विभागमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेको छ । पुस ६ गते खानेपानी संस्थानमा धर्ना दिई ८ गते प्रदेश वन मन्त्रालयमा धर्ना दिने कार्यक्रम समितिले बनाएको छ । समितिले पुस १५ गते नगरपालिकामा धर्ना, १८ गते मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिनेछ भने पुस २३ गते एक घण्टा चक्काजाम गर्ने छ । त्यस्तै समितिले पुस २५ गते नाराजुलुस गर्ने कार्यक्रम रहेको बताइएको छ। 

     

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, मंसिर २१ २०७८०७:२१:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij