सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह ३ मा तीन दिने च्याउ खेती तालिम सम्पन्न

देवदह ३ मा तीन दिने च्याउ खेती तालिम सम्पन्न

images
  • 812
    SHARES

  • images
    images
    images
    देवदह ३ मा तीन दिने च्याउ खेती तालिम सम्पन्न
    images
    images
    images

    लाल बहादुर थापा,देवदह। देवदह नगरपालिका वार्ड नम्बर ३ मा तीन दिने च्याउ खेती सम्बन्धि तालिम सम्पन्न भएको छ। चाहना आमा समूहको आयोजना तथा उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत,देवदह नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको च्याउ खेति तालिमको आज एक कार्यक्रममा बीच समापन गरिएको हो। 

    No description available.

    images
    images
    images

    एक लाख रुपैंयाको लागतमा देवदह ३ का ५० जना महिलाहरु सहभागी रहेको उक्त तालिममा मुख्य प्रशिक्षक तिलोचन दाहाल र सहायक प्रशिक्षक  दीपा भट्टराईले च्याउ खेति सम्बन्धि तालिम दिनुभएको थियो। 

    समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख बिद्या लक्ष्मी गुरुङले च्याउको महत्व र तालिममा लिएका ज्ञानलाई व्यहवारमा लागु गर्न आग्रह गर्नु भएको थियो। तालिम बाट सिकेका सीपलाई उपयोग गरि स्वोरोजगार एबम आर्थिक उपार्जानमा लाग्न समेत उपप्रमुख गुरुङले आग्रह गर्नुभएको थियो। 

    No description available.

    समापन कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैकुण्ठ बहादुर कुँवर,वडा सदस्य केशब राना,आमा समूहका भूतपूर्व उपाध्यक्ष बिष्णु बुढा,अनिता कुमाल सचिब युबमाया थापा,गुराँस मिडियाका प्रधान सम्पादक लाल बहादुर थापा,संगम युवा क्लबका सचिब प्रितम कुमार थापा, टोल विकास संस्थाकाअध्यक्ष बिष्णु ज्ञवाली लगायतको सहभागिता रहेको थियो। 

    कार्यक्रम चाहना आमा समूहका अध्यक्ष यममाया ज्ञवालीको अध्यक्षता र सचिब झम कुमारी थापाको संचालनमा सम्पन्न भएको थियो। 

     

    No description available.

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, मंसिर २१ २०७८०८:३०:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij