देवदह। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले देवदह ५ निवासी मुक्ति प्रसाद खरेललाई व्हिलचेयर प्रदान गरेको छ। अस्वस्थ भई बिगत २ महिना देखि हिड्दुल गर्न नसक्ने ६६ बर्षीय खरेललाई माओवादी केन्द्रले व्हिलचेयर सहयोग गरेको हो। पार्टीका अबिभाबक तथा पार्टी सदस्य खरेललाई हिड्दुल गर्न केहि सहज होस् भन्ने हेतुले पार्टीले सम्मान स्वरुप व्हिलचेयर प्रदान गरिएको माओवादी केन्द्र देवदहले जनाएको छ।

माओवादी केन्द्र रुपन्देही क्षेत्र नम्बर १ का सह इन्चार्ज लेखनाथ न्यौपाने,क्षेत्र नम्बर १ का संयोजक गोबिन्द पंगेनी,क्षेत्र नम्बर १ क का इन्चार्ज मोतिलाल ढकाल,१ क का संयोजक शौरभ चापागाईं,देवदह सह इन्चार्ज तुलसी न्यौपाने,देवदह नगर कमिटिका अध्यक्ष गोबिन्द ठडराई,उपाध्यक्ष केशब बहादुर पुन,सुन्दरी गिरि,सचिब प्रशान्त गैरे,सहसचीब प्रेमकला ढकाल,नगर कमिटि सदस्य भारत खनाल,अमृत फुल्लेल लगायको उपस्थितिमा व्हिलचेयर प्रदान गरिएको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij