मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गाउँपालिका हाकिम र लेखा अधिकृत यौन दुर्व्यवहारको आरोपमा पक्राउ

गाउँपालिका हाकिम र लेखा अधिकृत यौन दुर्व्यवहारको आरोपमा पक्राउ

images
  • 615
    SHARES

  • images
    images
    images
    गाउँपालिका हाकिम र लेखा अधिकृत यौन दुर्व्यवहारको आरोपमा पक्राउ
    images
    images
    images
    गुराँस मिडिया । आफ्नै कर्मचारीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेस्थित एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनार यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।
     
    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) एवम् प्रवक्ता मधुसुदन न्यौपानेले यौन दुर्व्यवहार गरेको आरोपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई बुधबार नियन्त्रणमा लिइएको जानकारी दिए। दुबै आरोपीलाई ईलाका प्रहरी कार्यालय खजुरा(धनौली)मा राखिएको उनले बताए।
     
    उक्त गाउँपालिकाका कर्मचारीहरु गत शुक्रबार कैलालीको टिकापुर वनभोजका लागि गएका थिए। अधिकांश कर्मचारीहरु मदिराले लठ्ठ परेका थिए। ‘वनभोज गएको समयमा आफूमाथि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले आफुमाथी यौन दुर्व्यवहार गरेको पीडितले बताएकी छन्,’ न्यौपानेले भने, ‘पीडितले प्रहरीलाई उजुरी गरिसकेपछि दुबै जनालाई नियन्त्रणमा राखेका छौं।’
     
    पीडित महिला कर्मचारीले लिखित जाहेरी दिने तयारी पनि गरेको डिएसपी न्यौपानेले सुनाए। उनले भने, ‘पीडित महिलाले जाहेरी दिन जिप्रका आउँदैछु भनेर दिउँसो नै भन्नु भएको हो, तर बेलुकासम्म पनि आउनु भएको छैन, सायद भोली(बिहीबार)सम्म आउनु होला, जाहेरी दर्ता नहुँदा अनुसन्धान सुरु गर्न सकेका छैनौं।’
     
    स्रोतका अनुसार ति पीडित महिलालाई जाहेरी नदिन तिब्र दवाव र धम्की दिइएको छ। घटनालाई मिलाउन जनप्रतिनिधिदेखि कर्मचारीका नेता समेत सक्रिय भइरहेका छन्। खजुरा गाउँपालिकाका कर्मचारीले दिएको जानकारी अनुसार पीडित महिला सामान्य परिवारकी हुन्।
     
    ‘पीडित सामान्य परिवारकी हुन्, उनको माथिसम्म पहुँच छैन, त्यसकारण पीडितलाई दवाव र प्रलोभन देखाएर केस मिलाउने कोसिस भइरहेको छ, यसमा जनप्रतिनिधि र कर्मचारीकै अगुवा लागेका छन्,’ एक कर्मचारीले भने।

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, मंसिर २२ २०७८०८:५३:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij