मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

माओवादी केन्द्र बुटवलको नेतृत्व छान्ने बिषयमा विवाद,दुई समूह बीच हात हालाहाल

माओवादी केन्द्र बुटवलको नेतृत्व छान्ने बिषयमा विवाद,दुई समूह बीच हात हालाहाल

images
  • 454
    SHARES

  • images
    images
    images
    माओवादी केन्द्र बुटवलको नेतृत्व छान्ने बिषयमा विवाद,दुई समूह बीच हात हालाहाल
    images
    images
    images

    बुटवल । नेकपा माओावदी केन्द्रको बुटवल उपमहानगर कमिटीको नेतृत्व छान्ने विषयमा विवाद भएपछि १८ गते सकिएको अधिवेशन अहिलेसम्म नेतृत्वबिहीन भएको छ । केही नेताहरुले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको भन्दै यहाँका पुराना नेता कार्यकर्ताले विरोध गरेपछि हात हालाहालको अवस्थामा पुगेको हो ।

    अधिवेशनले नगर प्रतिनिधि छनौट गरेपनि यसको पदाधिकारी तथा यहाँबाट प्रदेशमा जाने प्रनिनिधि विवादका कारण छान्न नसकेको एक नेताले बताए । प्रदेश प्रतिनिधिको ९ पदमा २३ जनाको उम्मेद्वारी परेपनि केही नेताहरुले आफू निकटकालाई पठाउन खोजेका कारण ढिलाई भएको छ । ‘भोलि प्रदेशमा पठाउने नाम अहिलेसम्म केही टुङ्गो छैन, अधिवेशन सकिएको ६ दिन भइसक्यो, न चुनाव हुन्छ न नेतृत्व छनौट, यस्तो गाइजात्रा छ हजुर हाम्रो पार्टीमा ।’– ती नेताले भने ।

    images
    images
    images

    यो विवादमा पार्टीका रुपन्देही संयोजक निर्मलकुमार जीसी र निर्वाचन क्षेत्र संयोजक सन्तोष विश्वकर्माले विधान विपरीत आफ्नो मान्छे ल्याउन खोजेकाले समस्या भएको ती नेताले बताए । यहाँका धेरै पुराना नेता कार्यकर्ताले नारायण बन्जाडे, मनोज राना, मन्जु भुसाल, मणि भट्टराईलाई ल्याउन खोजेपनि नेतृत्वको क्षमता नभएकोले आफ्नो एस म्यान ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् ।

    उनीहरुलाई बामदेव शर्मा, विनोद पहाडीलगायतका नेताहरुले अगाडि सारेका छन् भने संयोजक जिसी, इन्चार्ज बिश्वकर्मा र बुटवल नगर इन्चार्ज रिज्जु श्रेष्ठले उनीहरुलाई नेतृत्वमा आउन नदिनेमा छन् । तीन दिनअघि नेतृत्व छान्न बसेको विषयमा दुबै समूहका नेताहरु बीच हात हालाहालको स्थिति भएको थियो ।

    सो क्रममा माओवादी केन्द्रीय अनुशासन आयोगका सदस्य तथा प्रचार विभागका सदस्य विनोद पहाडीमाथि आक्रमण हुन थालेपछि उनले पनि आफ्नो थप शक्ति बोलाएको स्रोतले बतायो । पार्टी कार्यालयमा दुबै समूह बीच पटक–पटक हात हालाहालको अवस्था आएपछि दुबै समूहले आफ्नो समूह बलियो बनाएका छन् ।

    माओवादीका पुराना नेता कार्यकर्ताले बुटवलमा स्थायी नेतृत्व नचाहेका कारण पार्टीको संगठन ध्वस्त भएको बताउँदै भूगोलमा काम गर्ने स्थानीय नेतालाई अगाडि सार्न दवाव दिएका छन् । ‘१८ गते सकिएको अधिवेशनले अहिलेसम्म नेतृत्व छान्न सकेको छैन, यहाँभन्दा सांगठनिक अराजकता के हुन्छ ? चुनाव गर्न पनि नदिने, आफ्नो मान्छे पार्न सहमतिका लागि बस्न पनि नदिने ?’ ती नेताले भने । माओवादी रुपन्देही संयोजक निर्मल जिसीले केही आन्तरिक प्रकृयाले बुटवलमा नेतृत्व छान्न ढिलाई भएको स्वीकार गरे ।ग्लोबल आवाज बाट 

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, मंसिर २३ २०७८०७:५८:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij