मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कांग्रेस महाधिवेशन प्रतिनिधिलाई स्वाद नदोहोरिने गरी खाना

कांग्रेस महाधिवेशन प्रतिनिधिलाई स्वाद नदोहोरिने गरी खाना

images
  • 248
    SHARES

  • images
    images
    images
    कांग्रेस महाधिवेशन प्रतिनिधिलाई स्वाद नदोहोरिने गरी खाना
    images
    images
    images

    काठमाडौं । नेपाली कांगेसको १४औँ महाधिवेशनमा प्रत्येक दिन स्वाद नदोहोरिने गरी खानाको मेनु तयार भएको छ । खाना व्यवस्थापनको जिम्मा पाएका अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्डले त्यस्तो मेनु तयार पारेका हुन् ।

    उनीहरूले दैनिक ६ देखि आठ हजार सहभागीलाई खाना खुवाउनेछन् । तर, यसअघि पनि हजारौँलाई एकैपटक खाना खुवाएको अनुभव रहेकाले व्यवस्थापनमा समस्या नहुने अनुपमका अपरेसन म्यानेजर राकेश विष्टले बताए । दियालो फुडल्यान्डका व्यवस्थापक रमेश खनालले पनि हजारौँ समारोह र ठूला इभेन्ट म्यानेज गरिरहेकाले कांग्रेस महाधिवेशनमा सहज रूपमा खानाको व्यवस्थापन गरिने बताए । 

    images
    images
    images

    महाधिवेशनका लागि १०–१५ वर्ष लामो अनुभव भएका जनशक्ति प्रयोग गरिएको छ । खानाको स्वाद कायम गर्न अनुपम फुडल्यान्डका तर्फबाट सेफ ध्रुव आचार्य र दियालोका तर्फबाट सेफ यमलाल भण्डारीले जिम्मा पाएका छन् । दुवैसँग १५ वर्षभन्दा लामो अनुभव छ । सेफ आचार्यले महाधिवेशनका लागि प्रत्येक दिन स्वाद नदोहोरिने गरी मेनु तयार पारिएको जानकारी दिए । 

    ‘हामीले नेपाली खानालाई जोड दिएर मेनु तयार पारेका छौँ,’ आचार्यले भने, ‘प्रत्येक दिन फरक–फरक खाना खुवाउनेछौँ । सबै उमेरसमूहका नेता–कार्यकर्तालाई ध्यानमा राखेर हामीले मेनु तयार पारेका छौँ ।’ सेफ भण्डारीले लामो समयदेखि आर्जन गरेको अनुभवलाई महाधिवेशनको खाना व्यवस्थापनमा लगाउने बताए । ‘बजारबाट सामग्री ल्याउँदादेखि नै गुणस्तरलाई ख्याल गर्नेछौँ । गुणस्तरमा कमी हुन दिनेछैनौँ,’ उनले भने । 

    खाना खुवाउने स्थल : भृकुटीमण्डप गार्डेन

    खाना खुवाउने व्यवस्था उद्घाटनस्थलको बायाँतर्फ रहेको पार्कमा हुनेछ । यसका लागि २० देखि ३० वटासम्म स्टल राख्ने तयारी भइरहेको छ । स्टलमा मांसाहारी र शाकाहारी खानाका लागि छुट्टाछुट्टै स्टल रहनेछन् । त्यसका लागि एक सय ६० जनशक्तिले दुई सिफ्टमा काम गर्नेछन् । अनुपम फुडल्यान्डका अपरेसन म्यानेजर विष्टका अनुसार व्यवस्थापनका लागि दियालोका देशभरका चार आउटलेट र अनुपमका जनशक्ति खटाइनेछ । त्यसबाहेक केही सहयोगी र सफाइ कर्मचारी आउटसोर्सिङ गरिएको छ । खाना बनाउन नेपाली खानाका ६० दक्ष सेफ खटिने उनले जानकारी दिए । 

    महाधिवेशनको खाना मेनु
     २४ मंसिर (उद्घाटनको दिन)
    डिनर : जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही । 
     २५ मंसिर
    ब्रेकफास्ट : चना, उसिनेको अन्डा, ब्रेड जाम, चिया र कफी ।
    लन्च : जिरा राइस, चिकेन करी, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दही । 
    डिनर : प्लेन राइस, मटन करी, चिकेन रोस्ट, भेज करी, दाल फ्राइ, साग, सलाद, मेथी अचार र दही ।
     २६ मंंसिर
    बे्रकफास्ट : हलुवा, पुरी, तरकारी, चिया र कफी । 
    लन्च : भेज पुलाउ, मटन करी, चिकेन फ्राइ, दाल तड्का, भेज कडाइ, मिक्स साग, सलाद, मिक्स अचार र फ्रुट एन्ड कर्ड ।
    डिनर : जिरा राइस, चिकेन करी, फिस फ्राइ, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, आँप अचार, स्विट योगर्ट ।
    २७ मंसिर
    ब्रेकफास्ट : पराठा, तरकारी, अचार, चिया, कफी 
    लन्च : प्लेन पुलाउ, मटन करी, फिस फ्राइ, मिक्स 
    दाल फ्राइ, मिक्स भेज करी, रायो साग, सलाद, हट पिकल, दही 
    डिनर : जिरा राइस, 
    चिकेन करी, चिकेन रोस्ट, मिक्स भेज करी, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही ।

    कति बजे के ?
    ब्रेकफास्ट
    ७ बजेदेखि १० बजेसम्म
    लन्च
    ११ देखि २ बजेसम्म
    डिनर
    ६ देखि ८ बजेसम्म

    नंया पत्रिका बाट 

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, मंसिर २४ २०७८०८:०६:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij