मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मगर संस्कृतिमा आधारित चलचित्र 'माराङ' हेर्न दर्शकको भिड

मगर संस्कृतिमा आधारित चलचित्र 'माराङ' हेर्न दर्शकको भिड

बुटवलको कालिका चलचित्र हलमा आज देखि प्रदर्शनमा आएको छ।

images
  • 590
    SHARES

  • images
    images
    images
    मगर संस्कृतिमा आधारित चलचित्र 'माराङ' हेर्न दर्शकको भिड
    images
    images
    images

    बुटवल । मगर संस्कृतिमा आधारित चलचित्र माराङ (खुशी) प्रर्दशन भएकाे पहिलाे दिनमै दर्शककाे मन छुन सफल भएकाे छ । माराङ बुटवलकाे कालिका चलचित्र हलमा अाज दिउसाे प्रर्दशनमा अाएकाे हाे । प्रर्दशन भएकाे पहिलो दिन नै हल दर्शकले भरिएकाे छ ।

    तुलजी सारु मगरले निर्माण गरेको माराङ पहिलाे दिनमेै दर्शकले मन पराएका छन । फिल्म हेर्नकाे लागि हलमा दर्शककाे लाईन लागेकाे थियाे । लोप हुन लागेको मगर संस्कृतिलाई जोडेर चलचित्र निर्माण गरिएकाले चलचित्र धेरै रार्माे बनेकाे दर्शकले प्रतिर्किया दिएका छन ।

    images
    images
    images

    मगर संस्कृति चलचित्रकाे माध्यमबाट देखाईएकाे थियाे ।माराङको एउटा गित अहिले युटुयुबमा हिट बनेकाे छ । चलचित्रले मगर जस्तो सुकै अवस्थामा पनि खुशी हुन सक्छ है भन्ने देखाउन खोजेको निर्माताले बताएका छन ।

    २ वर्ष अघि चलचित्रको निर्माण भएको र कोरोना भाईरस संक्रमणका कारण चलचित्र प्रर्दशनमा ल्याउन नसकिएको बताएका छन । पहिलो पटक बुटवलमा चलचित्र प्रर्दशनमा ल्याईएको हाे । चलचित्र मगर भाषामा भएपनि सब टाईटल नेपाली भाषामा रहेको बताए ।
    ६० लाखको लगानीमा चलचित्र निर्माण गरिएको निर्मनता सारूले बताए ।

    चलचित्रका निर्देशक बुद्धया सुनारीले पाल्पाको निस्दी गाउँपालिका र तनहुको मगरबस्तीमा पुगेर चलचित्र निर्माण गरिएको जानकारी दिए ।
    प्रेममा आधारित चलचित्र भएपनि मगर संस्कृति संरक्षणको लागि युवाले देखाएको चासोको विषयलाई चलचित्रमा जोडिएको र स्थान पनि सोही अनुसार छनौंट गरिएको उनले बताए ।

    मगर भाषा चलचित्रका जानकार संजोग लाफाले अहिलेसम्म एक सयवटा मगर भाषामा आधारित चलचित्र बनेपनि बलिउडको कपि जस्तै भएको बताए । माराङ चलचित्र भने मगर चलचित्र बनेको दाबी गरे ।

    चलचित्रका कार्यकारी निर्माता समेत रहेका लाफाले अहिल बनेका मगर भाषाका चलचित्र भन्दा माराङ धेरै माथि रहेको र आधुनिक प्रविधिको सक्दो प्रयोग भएकाले दर्शकको मन जित्न सफल हुने बताए । मगर चलचित्र बनेपछि बल्ल मगर भेषभुषामा मगरहरुको चासो बढ्दै गएको बताए ।

    आदिवासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा मगरले चलचित्र समाजको ऐना भएको बताउँदै समाजको जल्दोबल्दो समस्या उठाउन सक्नु पर्ने बताए ।

    कलाकार रमेश बहादुर थापाको मुख्य भूमिका रहेको चलचित्रमा सिर्जना अस्लामी मगर, टिका थापा , गणेश घले , टेक रानाको भूमिका छ । चलचित्र फेरि शनिबार बिहान साढे ९ बजे कालिका हलमा लाग्दै छ । चलचित्र ९० मिनेटको छ ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, मंसिर २४ २०७८०७:३०:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij