मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

ओमसतियामा लैंगिक हिँसा सम्बन्धि प्रतिबद्धता,प्रयास र अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओमसतियामा लैंगिक हिँसा सम्बन्धि प्रतिबद्धता,प्रयास र अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
  • 517
    SHARES

  • images
    images
    images
    ओमसतियामा लैंगिक हिँसा सम्बन्धि प्रतिबद्धता,प्रयास र अन्तरक्रिया कार्यक्रम सम्पन्न
    images
    images
    images

    मङ्सिर २४ देवदह। रुपन्देहिको ओमसतिया गाउँपालिकामा सोह्र दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत  आज सरोकारवालाहरु सग अन्तरक्रिया कार्यक्रम भएको छ । आज १६ औं दिन समापन ओमसतिया गाउँपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । गाउँपालिका भित्रका ६ वटै वडाका जनप्रतिनिधि तथा महिला सदस्य  सहित सरोकार वालाहरुको उपस्थिति रहेको सो कार्यक्रम ओमसतिया गाउँपालिकाकी कार्यपालिका सदस्य  चुमकला बस्यालको अध्यक्ष्तामा सम्पन्न भएको हो । उच्च अदालत बार एसोसिएसन  बुटवलका पुर्व अध्यक्ष तथा अधिवक्ता मिना पाण्डेले  सहजीकरण गर्नुभएको सो कार्यक्रममा लैंगिक हिंसा बिरुद्ध विभिन्न खाले रचनात्मक क्रियाकलापमा महिला ससक्तिकरण, प्रतिबद्धता तथा भूमिका सम्बन्धि ६ वटै वडाका जनप्रतिनिधि सरोकारवाला माझ खुल्ला छलफल भएको थियो ।

    No description available.

    images
    images
    images

    कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य चुमकला बस्यालले  १६ दिने  लैगिक हिंसाको बेला मात्र नभएर अरु बेला पनि  हिंसासबै मिलेर निर्मुल पार्नुपर्ने धारणा ब्यक्त गर्नुभएको छ । यस्तो खालको १६ दिने अभियानबाट गाउ गाउमा चेतना र ब्यबहारिक रुपमा प्रयोग र प्रयास हरु हुनुपर्ने बताउदै कार्यपालिका सदस्य चुमकला बस्यालले लैंगिक नीति र हिँसा अभियानलाई समेत प्रभावकारी बनाउने प्रतिबद्धता ब्यक्ता गर्नुभयो । 
    त्यस्तै सो कार्यक्रममा ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले महिला कुनै पनि किसिमको हिंसा सबै मिलेर अन्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कसैले पनि हिंसा गर्ने नहुने, सहन नहुने र गरेको पाईएमा कडा भन्दा कडा कारबाही गर्नुपर्ने धारण ब्यक्त गर्नुभयो ।

    No description available.

    त्यस्तै कार्यक्रममा बोल्दै उच्चा अदालत बार एसोसिएसन बुटवलका पुर्व अध्यक्ष तथा अधिवक्ता मिना पाण्डेले सबै किसिमको हिँसा त्याग्न र बाहिर ल्याउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनु भयो। अभिमुखी करणको सहजीकरण गर्दै उहाले १६ दिनमा मात्र हिंसालाई सिमित नराखी सधै भरि यसको बिरुद्ध सरोकारवाला हरु सबै मिलि लाग्नुपर्ने बताउनुभयो। महिला तथा बालबालिका  शाखाकी  प्रमुख निर्मला पाण्डेको संचालनमा शुरु भएको सो कार्यक्रममा कार्यपालिका सदस्य गंगा सुनार , सदस्य शिला पासी सहकारी कि ईश्वरी काफ्ले , सहकारी कि नविनता पोख्रेल लगायत विभिन्न महिला सरोकारवाला, बुद्धिजीबी , संचारकर्मी, जनप्रतिनिधि कर्मचारी  ६ वटै वडाका जनप्रतिनिधिले आ आफ्नो बिचार ब्यक्त गरेका थिए।

    No description available.

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, मंसिर २४ २०७८०७:५२:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij