गाईघाट। उदयपुरमा ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का टेकबहादुर सार्कीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बालिकाको परिवारले दिएको लिखित जाहेरीपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले सार्कीलाई पक्राउ गरेको हो । सार्कीलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका पवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
बालिकाको स्वास्थ्य परीक्षण गराईएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij