सुनवल। सुनवल नगरपालिका ५ का ४९ वर्षीय दुर्गा क्षेत्री ७ बर्ष अघि सडक दुर्घटनामा परे । सडक दुर्घटनामा घाइते भएका दुर्गाको ढाडमा समस्या देखियो। मेरुदण्डको पक्षघात भए पछि ७ बर्ष देखी उनको कुम देखि तल तिरको भाग चल्दैन ।।साहित्यमा रुचि राख्ने दुर्गाको "चट्टान भित्रको फुल" गजल संग्रह प्रकाशित छ।
हाम्रो लाइभ राम्रो लाइभ नामक टिकटक ग्रुपले टिकटक बाट संकलन भएको १ लाख ५३ हजार ७ सय रुपैयाँ दुर्गालाई हस्तान्तरण गरेको छ।श्रीराम ढुंगाना,उर्मिला कार्की र दुर्गा पाण्डेको टिमले उक्त रकम हस्तान्तरण गरेको हो।

सहयोग रकम लिदै दुर्गाले आफुलाई बाच्नका लागि थप हौसला मिलेको बताए। समाजिक संजालमा पछिल्लो समय बिकृत्ति फैलिरहेको छ। टिकटकलाई बिकृतिको रुपमा लिने गरिन्छ। तर टिकटक बाट पनि सामाजिक कार्य गर्न सकिन्छ भन्ने उदारणीय कार्य गरेको भन्दै सहयोग रकम संकलनको नेतृत्व लिने टिम प्रति आभार प्रकट गरेका छन्।
रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी देव बहादुर क्षेत्रि,हरि प्रसाद तिवारी,भोला पराजुली,प्रताप क्षेत्रि,पत्रकार र स्थानीयको सहभागिता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij