मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

फोनिज रुपन्देहीको अध्यक्षमा सोनु थापा निर्वाचित

फोनिज रुपन्देहीको अध्यक्षमा सोनु थापा निर्वाचित

images
  • 744
    SHARES

  • images
    images
    images
    फोनिज रुपन्देहीको अध्यक्षमा सोनु थापा निर्वाचित
    images
    images
    images

    बुटवल। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देही शाखाको अध्यक्षमा सोनु थापा निर्वाचित भएका छन ।अध्यक्षमा पुन:सोनु थापा दोहोरिएका हुन्। 

    No description available.

    images
    images
    images

    शनिवार बुटवलमा भएको शाखाको छैठौं अधिवेशनले थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले अध्यक्ष थापा सहित ९ जना कार्यसमितिलाई निर्वाचित गरेको छ ।

    समितिको उपाध्यक्षमा प्रेम थापा सचिबमा राज चौधरी,सहसचिवमा आकृति थापा र कोषाध्यक्षमा  मिन बहादुर राना  निर्वाचित भएका छन ।

    त्यसैगरी सदस्यहरुमा एकु राना ,जितेन्द्र थारु ,संजय लामा गुरुङ,पहल सिंह राना लगायत रहेका छन्। १३ सदस्यीय कार्य समितिमा बाँकी ४ जना पछि मनोनित गरिनेछ। 

    No description available.

    त्यसैगरी, अधिवेशनले बिधान अनुसार ६ जना सदस्यलाई प्रदेश महाधिवेशन र ५ जना सदस्यलाई संघीय महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।

    फोनिजले आज मङ्सिर २५ गते देशैभरका जिल्ला शाखाहरु, पुस २४ गते प्रदेश महाधिवेशन र माघको ७ र ८ गते संघीय महाधिवेशन गर्ने यसअघि नै निर्णय गरेको थियो ।

    फोनिजको हालसम्म ५४ जिल्ला शाखा, ७ प्रदेश र ५ बिदेश शाखा समितिहरु रहेका छन ।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, मंसिर २५ २०७८०८:२५:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij